अब एनसेलको डेटा र भ्वाइस प्याकहरू खरिद गर्न झन सजिलो, कसरी खरिद गर्ने ?


२ असार २०७७, मंगलवार
1552825372Ncell Main Logo 1 scaled

काठमाडौं, २ असार । एनसेलका ग्राहकहरूले अब अझै सजह रूपमा डिजिटल वालेटहरू र एनसेलका आधिकारिक खुद्रा विक्रेताबाट सिधै डेटा र भ्वाइस प्याकहरू लिन सक्ने भएका छन् ।

यसका लागि एनसेलले विभिन्न तीन मोबाइल वालेटहरूसँग साझेदारी गरेको छ भने आफ्ना खुद्रा विक्रेताहरूलाई पनि प्याकहरू बिक्री गर्न सक्ने सुविधा प्रदान गरेको छ ।

यसका लागि एनसेलले सहकार्य गरेका मोबाइल वालेटहरुमा खल्ती, प्रभु–पे र युनी–पे रहेकाले अब यी वालेटका प्रयोगकर्ताले आवश्यकता अनुसार सजिलै एनसेलका विभिन्न डेटा र भ्वाइस प्याकहरू किन्न सक्छन् ।

सुरुवाती चरणमा ग्राहकले यी वालेटमार्फत वालेटसँग जोडिएको बैंक खाताबाट विभिन्न ६ वटा डेटा प्याक र ६ वटा भ्वाइस प्याक लिन सक्नेछन् ।

त्यस्तै पहिले मोबाइलमा मेन ब्यालेन्स रिचार्ज गरी आफैँ प्याकहरु लिने प्रक्रियामा नगइ आवश्यकता अनुसार सिधै खुद्रा विक्रेतामार्फत प्याकहरु किन्न सकिने पनि कम्पनीले जनाएको छ ।

एनसेलका आधिकारिक खुद्रा विक्रेता, खल्ती, प्रभु–पे र युनी–पे मार्फत करसहित ९८.९९ रुपैयाँमा २,१०० एमबी डेटा किन्न सकिन्छ भने यसलाई प्रत्येक दिन ३०० एमबीका हिसाबले ७ दिनसम्म चलाउन सकिनेछ ।

त्यस्तै करसहित ४९८.८३ रुपैयाँमा १५,००० एमबी लिन सकिन्छ । यो प्याकमा ग्राहकले दैनिक ५०० एमबी डेटा ३० दिनसम्म पाउँछन् । यसैगरी ९९८.९७ रुपैयाँमा ३६,००० एमबी लिन सक्छन् । यस प्याकअन्तर्गत ग्राहकहरूले दैनिक रूपमा १२०० एमबी ३० दिन पाउँछन् ।

प्याकअन्तर्गत उपलब्ध हुने डेटा भोलुम सकिए पनि प्याकको समयावधि बाँकी रहेसम्म मेन ब्यालेन्सबाट रकम नकाटिने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७