कास्कीमा उत्कृष्ट कमाण्ड गरेका ओम रानालाई बाँके प्रहरी प्रमुखको जिम्मेवारी


२ असार २०७७, मंगलवार
OM Rana Magar

बाँके, ३ असार :  प्रहरी प्रधान कार्यालयले ३६ जना प्रहरी उपरीक्षक (एसपी) को सरुवा गरेको छ । सबै एसपीलाई असार महिनाको तलब सम्बन्धित जिल्लाबाटै खान पाउने गरेर सरुवा गरिएको हो । यो सँगै बाँके प्रहरी प्रमुखको जिम्मेवारी लिएर ओम राना आउने भएका छन् ।

प्रहरी प्रधान कार्यालयमा दरबन्दी भई मेट्रोमा कार्यरत राना प्रहरीमा काबिल प्रहरी अधिकृतको रुपमा परिचय बनाएका छन् । रानाले यसअघि कास्की, रोल्पा, बौद्ध, उदयपुर, दाङ, काठमाडौं अपराध महाशाखा, कालिकोट, रसुवा लगायतका जिल्लाहरुमा प्रमुखको जिम्मेवारी सम्हाली सकेका छन् ।

बिभिन्न मुद्दा तथा अपरेशनहरुको सफल नेतृत्व गरेका रानाको नेतृत्वमा १७५२ (पुरुष) र १३८(महिला) गरी १८९० मुद्दा किनारा लागेको छ । राना यसअघि कास्कीमा रहदा कास्कीका १० वर्षिय वालिका श्रेया विकको बलात्कार पछि क्रुर तरिकाले हत्या गर्ने अपराधी कुशुम पौडेललाई ११ घण्टाभित्र पक्राउ गरेर प्रंशसा बटुलेका थिए ।

२०७६ साल असोज १० गते साँझ कास्कीको पुम्दी भुम्दीकी १० वर्षिय वालिकालाई ललाइ फकाइ बलात्कार गरी क्रुर तरिकाले बालिकाको हत्या गर्ने कुशुम पौडेललाई ११ घण्टाभित्र पक्राउ गरी प्रहरीकै छवि जोगाउन भुमिका खेलेका थिए । सोही वर्ष कञ्चनपुरमा हत्या गरिएकी निर्मला पन्तको हाल सम्म पनि हत्यारा पत्ता लगाउन सकेको छैन ।

कास्कीमा पनि श्रेया विकको हत्यारासँगै १ सय ५० फरार अपराधी पक्राउ गर्न सफल भएका थिएभने टोले गुण्डाहरुको गतिविधीलाई शुन्यमा झारेका थिए । त्यसैगरी उनको कार्यकालमा हप्ता असुल्ने टोले गुण्डा र लागुऔषध कारोवारीले समेत टाउको उठाउन नसकेको भन्दै स्थानीयबासीले प्रशंसा गरेका थिए ।

रानाको कार्यकालमा ३३ वटा ठूला जुवा खेल्ने गिरोहलाई पक्राउ गरी कारबाही गरेका थिए । उनकै पालमा कास्कीमा १ सय ४२ स्थानमा सिसिटिभी क्यामेरा जडान गरिएको थियो ।

एसपी रानाले तत्कालिन समयमा सवैभन्दा संवेदन शिल मानिएको रोल्पा जिल्लामा २०७० सालको दोश्रो संविधान सभाको सफलतापूर्वक गराएका थिए । कास्कीमा रहेर उत्कृष्ट कार्य गरेवापत गण्डकी प्रदेश प्रहरी कार्यालय उत्कृष्ट कार्यालय प्रमुखको पुरस्कार समेत प्राप्त गरेका थिए । उनले राष्ट्रपतिबाट रत्न विभुषण पनि प्राप्त गरेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७