बेलुनको प्रचार सामग्रीले उत्तर र दक्षिण कोरियाबीच बढ्यो ‘तनाब’

दक्षिणको तटस्थ सीमा क्षेत्रमा सेना पठाउने उत्तर कोरियाको चेतावनी


२ असार २०७७, मंगलवार
kim jong 1
फाइल फोटो

काठमाडाैं, २ असार । उत्तर कोरियाली सेनाले दुई कोरियाली सीमाको दशगजा क्षेत्रमा प्रवेश गर्न तयारी अवस्थामा रहेको चेतावनी दिएको छ ।

दक्षिण कोरियाली सैन्य अधिकारीहरुले प्रचार सामाग्री पठाएसँगै उत्तरका सैन्य अधिकारीहरुले चेतावनी दिएको बीबीसीले उल्लेख गरेको छ । यसअघि उत्तर कोरियाका नेता किम जोङ उनकी बहिनी किम यो जोङले सीमाको सुरक्षाका लागि तयारी अवस्थामा रहन सेनालाई आदेश दिएको समाचार सार्वजनिक भएको थियो ।

दक्षिण कोरियाले बेलुनमार्फत उत्तर कोरियाली क्षेत्रमा प्रचार सामग्री पठाएसँगै दुई कोरियाको सम्बन्ध चिसिएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् ।

दक्षिण कोरियाले अमेरिकासँगको सहयोगमा उत्तरका गतिविधि निगरानी गर्ने जवाफ दिएर आफूहरुलाई सशंकित बनाएको उत्तरको आरोप छ । सन् १९५० मा कोरिया युद्ध अन्त्य भएसँगै दुई कोरियाको सीमा छुटयाइएको थियो । उत्तर कोरियाले दक्षिण कोरियालाई तटस्थ क्षेत्र डीएमजेटमा सेना पठाउने चेतावनी दिएको छ ।

दक्षिण कोरियाली भूमिबाट उत्तर कोरियाली गतिविधि बढेपछि उत्तर कोरियाले ‘डिमिलिटराइज्ड जोन’ डीएमजेटमा सेना पठाउने धम्की दिएको हो । डिएमजेटले उत्तर र दक्षिण कोरियाको सीमानालाई छुट्याउँछ । यहाँ सेना तथा हतियार राख्न पाइँदैन । सन् १९५० पछि दुवै देशले यसलाई तटस्थ क्षेत्र मान्दै आएका छन् ।

north korean defectors now living in south korea release balloons carrying propaganda leaflets denouncing north korea. getty images

तर पछिल्लो समय दक्षिण कोरियाको सीमाबाट उत्तर कोरियाको विरोधमा बेलुनहरु उडाइएपछि उत्तर कोरिया दक्षिणसँग रुष्ट बनेको छ । उक्त बेलुनहरुमा उत्तर कोरियाली सरकारको आलोचना गरिएको छ ।

यतिबेला भने उत्तरले आफ्ना सेनाहरु तटस्थ क्षेत्रमा जान तयार भएको बताएको छ । उत्तर कोरियाले डीएमजेटमा सेना पठाउने बताइरहँदा दक्षिण कोरियाले वार्ता र छलफलबाट समस्या हटाउनुपर्ने बताएको छ ।

सोमबार दक्षिणका राष्ट्रपति मुन जाय इनले वार्ताको विकल्प नभएको बताएका थिए । उत्तरले सीमामा सैन्य गतिविधि बढाउने बताएपछि दक्षिण कोरियाले अमेरिकी सेनासँग उत्तरको निगरानी गर्ने बीबीसीले जनाएको छ ।

उत्तर कोरियाले तटस्थ क्षेत्रमै सेना पठाउने चेतावनी दिएपछि यस विषय विश्वभर चासोको विषय बनेको छ । दक्षिण कोरियाको सीमानामा उत्तरविरुद्ध गतिविधि बढेको बताउँदै यतिबेला उत्तरले दक्षिणसँगको सबै सम्पर्क बन्द गरेको छ । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७