लद्दाखमा भारत–चीनका सेनाबीच झडप, तीन भारतीय सेनाको मृत्यु


२ असार २०७७, मंगलवार
india china 2

काठमाडौं, २ असार । लद्दाखमा भारत र चीनका सेनाबीच झडप हुँदा तीन भारतीय सैनिकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा एक अधिकृत र दुई जवान रहेको भारतीय सेनाले जानकारी दिएको छ ।
पूर्वी लद्दाखको गलवान क्षेत्रमा गए राति दुवै पक्षका सैनिकबीच झडप भएको भारतीय सेनाको भनाइ छ ।

यस क्षेत्रमा चीन र भारतीय सेनाबीच यहि वर्ष मात्र पटक–पटक झडपको वातावरण सिर्जना हुँदै आएको थियो । कूटनीतिक र सैन्य वार्ता सकारात्मक ढंगले अघि बढेको भनिएका बेला यो अवस्था आएको हो । चीनियाँ सेनातर्फ भएको क्षतिबारे जानकारी छैन ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७