नायक भुवन केसी र जिया स्कटल्याण्ड जाने भएपछि सिने क्षेत्रमा चासो


११ माघ २०७४, बिहीबार
bhuwan kc and jiya kc affair rumorq

काठमाण्डौं, ११ माघ : नेपाली चलचित्र क्षेत्रमा नायक भुवन केसी र नायिका जिया केसीको सम्बन्धको बारेमा विभिन्न टिका–टिप्पणी हुने गरेका छन् ।bhuwan kc and jiya kc affair rumorq
यहि कुरालाई मलजल पुग्ने गरी अहिले फेरि अहिले भुवन–जियाको चर्चा सिने जगतमा समाचार बनिरहेको छ । ‘ड्रिम्स’ र ‘कृ’ को हरेक छायाँकनमा भुवन–जिया सँगसँगै देखिएकी थिइन् । त्यसैले त फिल्मी क्षेत्रमा ‘जहाँ भुवन, त्यहाँ जिया’ भनेर गफ गरिने गरेको छ । फिल्म ‘कृ’ मा समावेश ‘मैले जानी नजानी’ बोलको गीतको छायाँकनका लागि भुवनले जियालाई पनि सँगै स्कटल्याण्ड लैजाने भएका छन् ।bhu

यो गीतको छायाँकन ४ दिन लगाएर स्कटल्याण्डमा गरिने जनाइएको छ । फिल्म माघ २६ गतेबाट रिलिज हुँदैछ । तर, फिल्मको एउटा गीतको छायाँकन अझै बाँकी छ । फिल्मको कथामा यो गीत विदेशी लोकेसनमा नै खिचिनुपर्ने भएकाले स्कटल्याण्ड जान लागिएको बताइएको छ ।

गीतमा मुख्य अभिनेता अनमोल केसी र अभिनेत्री अदिती वुढाथोकीको रोमान्स देख्न पाइने छ । सुवास गिरी र भुवन केसीको निर्देशनमा बनेको फिल्ममा सुरेन्द्र पौडेलको निर्देशन छ । जिया भुवनसँगै स्कटल्याण्ड जान लागेपछि अहिले फिल्म क्षेत्रमा उनीहरुको विषयलाई लिएर मुखामुख हुन थालेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७