‘म्याच फिक्सिङ’ मुद्दामा तात्कालीन कप्तान सागर थापासहित ६ खेलाडीलाई सफाइ


२ असार २०७७, मंगलवार
kheladi

काठमाडौं, २ असार । म्याच फिक्सिङको अभियोगमा राष्ट्रिय फुटबल टिमका पूर्व कप्तान सागर थापासहित सबै खेलाडीले अन्तिम सफाइ पाएका छन् ।

तत्कालीन फुटबल टोलीका कप्तान सागर थापा, उपकप्तान सन्दीप राई, गोलकिपर रितेश थापा, विकाससिंह क्षेत्री, पूर्व खेलाडी अन्जन केसी र डेबिड थापाले अन्तिम सफाइ पाएका हुन् ।

सर्वोच्च अदालतले मंगलबार विशेष अदालतकै फैसला सदर गर्दै तत्कालीन फुटबल टोलीका सबै खेलाडीलाई सफाइ दिएको हो । मंगलबार सर्वोच्चमा न्यायाधीश आनन्दमोहन भट्टराई र बमकुमार श्रेष्ठको संयुक्त इजलासले विशेष अदालतको फैसला सदर गर्दै उनीहरुमाथि लगाइएको मुद्धाको कानुनी आधारमाथि प्रश्न उठाएको छ ।

२०७२ साल असोज २७ गते प्रहरीको अपराध महाशाखाले विभिन्न देशसँगको अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा म्याच फिक्सिङ गरेको आरोपमा तत्कालीन कप्तान सागर थापासहित खेलाडीलाई पक्राउ गरेको थियो ।

उनीहरुलाई २०७५ जठ २४ गते विशेष अदालतले म्याच फिक्सिङ सम्बन्धी कानुन नभएको भन्दै सफाइ दिएको थियो । उनीहरुविरुद्ध राज्यविरुद्धको कसूरमा मुद्धा चलाइएको थियो ।

 

 

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७