बैंक अफ काठमाण्डूद्वारा ७ लाखको बीमा दाबी रकम भुक्तानी


३ असार २०७७, बुधबार
BOK Beema

काठमाडौं, ३ असार । बैंक अफ काठमाण्डूले ७ लाख रुपैयाँ बराबरको मृत्यु बीमा दाबी भुक्तानी गरेको छ । बैंकको विराटनगर शाखाले बिओके प्रिमियम तलब खाता अन्र्तगतको विभिन्न सुबिधाहरु मध्ये दुर्घटना जन्य मृत्यु तथा पूर्ण अशक्तताको सो बराबरको बीमा दाबी रकम हालै खाताबाहकको परिवारलाई हस्तान्तरण गरेको जनाएकाे छ ।

उक्त शाखाका खातावाहक अमिर चौधरीको दुर्घटनामा परी असामयिक निधन भएकोले बैंकले बीमा सेवा प्रदायक कम्पनी सिद्धार्थ इन्सुरेन्स कम्पनीसँग समन्वयमा बैंक प्रदेश नं. १ का प्रादेशिक कार्यालय प्रमुख दिपेन्द्र बुढाथोकीबाट उक्त बीमा दाबी रकम स्व. चौधरीका श्रीमती मनिषा चौधरीलाई हस्तान्तरण गरेका हुन् ।

बैंकले हाल ८९ शाखा कार्यालयहरु, ७८ एटिएम र १० एक्स्टेन्सन काउन्टर मार्फत आफ्ना ग्राहक महानुभावहरुलाई बैंकिङ्ग सेवा तथा सुविधा प्रदान गर्दै आईरहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७