हलेसी आगलागी पीडितको सहयोगार्थ ‘तयामा–खियामा सांगीतिक साँझ’ हुने


११ माघ २०७४, बिहीबार
kiratimma

काठमाडौं, माघ १० : हलेसी आगलागी पीडित सहयोगार्थ बृहत् सांस्कृतिक कार्यक्रम हुने भएको छ । यही माघ–१६ गते ललितपुरको मानभवन स्थित क्रिष्टल बैंक्युटमा दिउँसो २ बजे राई किरातिम्मा गायन समूहको आयोजनामा तयामा–खियामा सांगीतिक साँझ हुने गायिका पार्वती राईले जानकारी दिइन् । kiratimma
सांस्कृतिक कार्यक्रममा गायिका राईसँगै, गायिका बेनुका राई ,सत्यकला राई, सरला राई, कला राई, मेनुका राई, राधा राई, निलम रोजु राई, तायाहाङमा राई, ममता राई र जानुका राई साथै चर्चित हास्य कलाकार राई बुढा (पार्वन राई)को प्रस्तुति रहने छ ।
कार्यक्रम आगालागि पीडितको लागि हुने भएकाले देश विदेशमा रहेका संघ संस्था तथा व्यक्तिहरूलाई समेत पत्राचार गरिएको आयोजकले जानकारी दिए ।
गत पुस १८ गते खोटाङ तुवाचुङ नगरपालिका–७ मा आगलागी भएको थियो । आगालागिमा चार घर पुरा र ८ घर आंशिक जल्दा करोडौको क्षति भएको थियो । महादेबस्थानका व्यवसायी मगम राईको घरबाट सुरु भएको आगोले स्वयम् मगमको दुईवटा घर सहित चार व्यवसायी उचित बहादुर राई, तम्बराज राई, अम्बराज राई र मगमको एक घरमा व्यवसाय गर्दै आएका उदयपुर कटारीका व्यवसायी जगदीस दासको गरी पाँच घर पूर्ण रूपमा नष्ट भई हाल अस्थायी टहरामा कष्टपूर्ण दिन बिताइरहेका छन् ।
उक्त कार्यक्रमबाट संकलित रकम पीडितलाई हस्तान्तरण गरिन्न बताउँदा सहभागी भएर कार्यक्रमलाई सफल बनाइदिन आयोजकले अनुरोध गरेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७