कोरोनाविरुद्ध दुई औषधी छ, एउटा बङ्गलादेशमा बन्छ : डा. प्रभात अधिकारी {भिडियो}


४ असार २०७७, बिहीबार
dr prabhat adhikari

कोरोना भाइरस नियन्त्रण र रोकथामबारे स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा एमडि, इन्टरनल मेडिसिन, इन्फेक्सन डिजिज एन्ड क्रिटिकलमा अमेरिका फेलोसिप गरेका गरेका डा. प्रभात अधिकारीसँग गरेको कुराकानी :

१. कोरोनाको अवस्था नेपालमा कुन अवस्था पुग्यो ?

नेपालको तराईको अवस्था हेर्दा तेस्रो चरणमा पुगेको देखिन्छ । काठमाडौँ उपत्यका र पहाडी भेगहरूमा पहिलो र दोस्रो चरणमा मात्र भएको छ ।’ कुनै पनि सङ्क्रमितसँग ६ फिटको दुरीमा आउनुभएको छ र मास्क पनि लगाउनुभएको छैन र १५ मिनेट बढी सम्पर्क भए सङ्क्रमण फैलिने सम्भावना हुन्छ । हावाबाट फैलिँदै यसमा ढुक्क हुन अनुरोध गर्दछु । हावाबाट फैलिने भनेको आइसियुमा भएको बेला निश्चित समयमा सर्ने सक्छ ।’

२. रोकथाम गर्न के गर्नुपर्छ ?

यसलाई रोक्न परीक्षण र क्वारेनटाइनमा राख्नुपर्छ, कन्ट्राक ट्रसिङमा राख्नुपर्छ । परीक्षणसँगै क्वारेनटाइन र कन्ट्राक ट्रसिङमा ध्यान दिनुपर्छ ।

३. कोरोनाको उपचार छ कि छैन ?

यसको अहिलेसम्म उपचार छैन । १०० उपचार छैन । मौसम अनुसार परिवर्तन पनि भइरहेको छ । अहिले दुई वटा औषधीले काम गर्ने देखिएको छ । एउटा ‘रेम्डेशिविर’ औषधी छ । एन्टि भाइरल औषधी यसले रिकोभरी चाँडो गराउँछ । यो बङ्गलादेशमा बन्छ । र भारतमा पनि पाइन्छ । विज्ञसँग मिलेर नेपालमा ल्याउन सकिन्छ । ल्याउने प्रयास पनि भइरहेकाे छ । १०० प्रतिशत प्रमाणित होइन, तर अहिलेसम्म तथ्यले काम गर्ने देखिएको छ ।
अर्को डेक्सन मिथासन औषधी प्रयोग गर्दा मृत्युदर घट्छ भनिएको छ । तर यो भेन्टिलेटर अथवा अक्सिजन चाहिएको आइसियुमा रहेको बेलामा मात्र प्रयोग गर्न सकिन्छ ।

४. यो रोग नेपालमा कसरी अगाडि बढ्ला ?

हाम्रो नेपालको देखिएको धेरै जसो बाहिरबाट आउनुभएको देखिएको छ । त्यसमा २० देखि ४० वर्ष उमेर समूहको धेरै जसो रहेको छ । जो सँग डटाइभिज र सुगरहरुको हुुँदैन् । नेपाल स्टेज ४मा पुगेको छैन, त्यहाँ पुगेपछि मृत्युको पक्का दर थाहा हुन्छ । हामीले ६ देखि ८ महिना भित्र नियन्त्रण गरिए भने भयावह हुन्छ । नेपालमा अहिले नियन्त्रण भित्रै छ ।

पूर्ण संवाद भिडियोमा हेर्नुहोस्

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७