फर्किए बैदेशिक राेजगारीमा गएका ३४५ नेपाली, २३ शब पनि ल्याइयाे {भिडियो}


५ असार २०७७, शुक्रबार
Airport Uddar.00 00 26 18.Still009

काठमाडौं, ८ असार । बिभिन्न गन्तव्य मुलुकबाट २३ शवसहित ३४५ नेपाली स्वदेश फर्किएका छन् । शुक्रबार साउदी, यूएई, कतार लगाएतका देशबाट नेपालीहरु स्वदेश ल्याएको हो ।

साउदीको दमामबाट १५४ जना नेपाली स्वदेश आएका छन् । संयुक्त अरब एमिरेट्स यूएईको दुबईबाट १ सय ४८ जना यात्रु स्वदेश फर्किएका छन् । फर्किनेमध्ये १ सय १ जना महिला र ४७ जना पुरुष रहेका यूएईमा रहेका छन् भने अधिकांश महिला गर्भवती छन् । उनीहरुले प्रदेशहरुको क्वारेन्टाइनमा लगिएको छ ।

त्यस्तै कतारबाट ४३ जना यात्रु र २० वटा शव लिएर कतार एअरवेज पनि आएको थियो । शुक्रवार कतार एअरवेजको चार्टर्ड विमानमा २० वटा शव ल्याइएको थियो । कुवेतबाट जजिरा एयरले पनि २ वटा शव र यूएईको दुबईबाट आएको नेपाल एअरलाइन्सले सिन्धुपाल्चोकका एक जनाको शव ल्याएको छ ।  यसअघि कुवेतबाट ३, ओमानबाट १ र यूएईबाट १ जनाको शव ल्याइसकेको छ ।

शव ल्याउदा बिमानस्थलको दृश्य भावुक बनेको थियो । शव बुझ्न मृतकका आफन्त बिमानस्थल पुगेका थिए । विदेशबाट ल्याइएका शव वैदेशिक रोजगार बोर्डले निःशुल्क घरसम्म पु¥याउने गर्छ तर केहिलाई यो थाहा नहुदा शव बहान ल्याएर बिमानस्थल पुगेका थिए । वैदेशिक रोजगार बोर्डका अनुसार बर्दिया मोतिपुरका सिकराम थारु, सर्लाहीको ईश्वरपुरका अरुनकुमार पजियार, महोत्तरीका शिवशंकर रावत, धनुषाका छुत्रवा मण्डर खत्वे, मकवानपुरका जितेन्द्र थापामगर, रुपन्देहीका यामबहादुर थापा, सिरहाका कसिन्द्र यादव, सर्लाहीका कसिन्द्र यादव र मनोज पासवान र महोत्तरीका अनिल चौधरीको शव ल्याइएको छ ।

यस्तै कपिलवस्तुका मोहम्मद अलाम मुसलमान, सिरहाका मुस्तक सैश र रुपेशकुमार मण्डल, लमजुङका कुम्बा तामाङ, बाँकेका भक्तबहादुर थापा मगर, सप्तरीका राजेन्द्रप्रसाद मण्डल, मोरङ्का युवराज अधिकारी, भोजपुरका धर्मकुमार थापा, उदयपुरका मिनबहादुर थापा, सुर्खेतका निरबहादुर कामी र भोजपुरका मंगलबहादुर तामाङको शव आएको छ ।

यस्तै शुक्रबारबाट कुवेतबाट नुवाकोटकी सोनी तामाङ र संखुुवासभाका मानबहादुर आलेको शव ल्याएको छ । यूएईबाट पनि सिन्धुपाल्चोकको पेम्बा नुर्बू शेर्पाको शव नेपाल एअरलाइन्समार्फत स्वदेश ल्याइएको छ । विमानस्थलमा शव बुझ्न पुगेका मृतकका केहि आफन्तले शवलाई गृहजिल्ला पुराउने तथा केहिले काठमाडौंमा दाहसंस्कार गर्ने बताएका छन् । लकडाउनका कारण शव ल्याउदा ढिलाई हुदा थप कठिनाइ भएको उनीहरुले बताए । 

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७