वर्णब्यवस्थाको अन्त्य कहिले ?


६ असार २०७७, शनिबार
naresh kangmang rai

‘जीवन र जगतको अध्ययन गर्ने वैज्ञानिक पद्धतिलाई मार्क्सवाद भनिने रहेछ ।’ संसारमा कुनै पनि बस्तु एकै प्रकारले रहँदैन । प्राणी र निर्जीव बस्तुहरू पनि परिवर्तन भइरहन्छ । मान्छेको उमेर सँगै स्वभाव परिवर्तन हुँदै जाने भएकोले समाजको अवस्था पनि परिवर्तन हुँदै जान्छ । समाज मान्छेले बाचेको वर्तमान हो । जब समाज गलत मार्गमा हिँड्न थाल्छ तब मान्छेले परिवर्तन खोज्छ वा चाहन्छ । मार्क्सवाद भन्छ, ‘विज्ञान माथि आदर्शवादको कुनै विश्वास छैन ।’

नेलसन मण्डेला त्यसैले होला मार्क्सवादबाट अभिप्रेरित भएको थियो । हुन सक्छ त्यही कारण उनले, रङ्गभेद विरुद्ध ७७ वर्ष अघि साउथ अफ्रिकामा हतियार उठाएका थिए । अनि त उनी सन् १९६२ मा उनी पक्राउ परे । रोब्बन आईल्याण्ड (सन् १९६२–१९८२) मा जेल जीवन बिताउँदै थिए । अमेरिका (सन् १९६६–१९८२) मा ‘हिउवय पर्सी न्युटन’को नेतृत्वमा ‘ब्ल्याक प्यान्थर’ आन्दोलन चली रहेको थियो । उनीहरू बन्दुक बोकेर सडकमा उत्रिएका थिए । कालो अनुहार भएका बालबालिकाहरू पनि प्लेकार्ड पक्रेर र्‍यालीहरुमा निस्केका थिए । प्लेकार्डहरुमा लेखिएको थियो, ‘विभेदकारी पुलिस कुकुर हो, जति सक्दो चाँडो हाम्रो समाज भन्दा टाढा जाऊ ।’ ब्ल्याक प्यान्थर आन्दोलन सकिएको ५४ वर्षपछि केही हप्ता अघि अमेरिकामा ‘जर्ज फ्लोयड’ (काला ब्याक्ति) को प्रहरीद्वारा हत्या भयो । उनले २० डलरको नक्कली नोट पसलमा दिएको कारण प्रहरी पक्राउ गरेको थियो । करिब नौ मिनेट घुँडाले घाटी थिचेर प्रहरीद्वारा मारिए । उनले आफ्नो जीवनको अन्तिम अवस्थामा भनेका थिए, ‘मैले श्वास फेर्न सकिन ।’ मृत्युवरण पछि पनि निरन्तर उनको घाटी थिचियो । हत्याको विरोधमा देशै भरी हजारौँको सङ्ख्यामा जुलुसहरू प्रदर्शन हुँदै आइरहेको छ । तोडफोड भइरहेको छ । अन्योन्याश्रित रूप लिइसकेको छ । ‘स्टप किलीङ ब्ल्याक पिपुल’ कालाहरूलाई मार्न बन्द गर । ‘ब्ल्याक लाइभ मेटर हियर, दियर एण्ड ईभ्रिहोयर’ कालाहरू त्यहाँ यहाँ जताततै बाच्न सक्छ । लेखिएको प्लाकार्डहरु बोकेर सडकमा उत्रिए । प्रहरी र सेनाहरूले घुँडा टेकेर आन्दोलनकारीको अगाडी साङ्केतिक रूपमा माफी मागे । एकबद्धता जनाए । बेलायतको सेन्टर लन्डन र हाईड पार्कमा संयौको संख्यामा जुलुस निस्किए । प्लेकार्डहरुमा लेखियो, ‘युअर साइलेन्स् ईज भोईलेन्स् ।’ तिम्रो मौनता अपराध हो । कलाकार, सेवा निवृत्त प्रहरीहरु पनि विरोध रेलीमा सहभागी भए । दुवै देशमा निकालिएको र्‍यालीहमा काला जातीहरू मात्रै छैनन् उतिकै हाराहारीमा सेता जातीहरूले पनि सहभागी जनाए । जनाइरहेको छ । विशेष गरी अल्प संख्याक जातीहरू र्‍यालीहरुमा सामेल भए ।

यति वेला नेपालमा कम्युनिस्ट सत्ता छ । कल्पना भन्दा धेरै परको विषय हो मार्क्सवाद । पुँजीवादको नक्कलमा व्यस्त छन् उनीहरू । समाजवाद शब्द अटाएर मात्र समाजवाद हुन सक्दैन । समाजवादको उत्तरार्ध हुन सक्छ मार्क्सवाद । तर कम्युनिस्ट सत्ताले आदर्शवादको झल्को मज्जैले दिएको छ ।

यति वेला नेपालमा कम्युनिस्ट सत्ता छ । कल्पना भन्दा धेरै परको विषय हो मार्क्सवाद । पुँजीवादको नक्कलमा व्यस्त छन् उनीहरू । समाजवाद शब्द अटाएर मात्र समाजवाद हुन सक्दैन । समाजवादको उत्तरार्ध हुन सक्छ मार्क्सवाद । तर कम्युनिस्ट सत्ताले आदर्शवादको झल्को मज्जैले दिएको छ । बिपीको समाजवाद ८० वर्ष हाराहारीमा आइपुग्दा सामानवादलाई भत्काउन सकेन । पुँजीवाद निकै पर रहने नै भयो । कांगे्रसमा समाजवादको अवशेष प्रदीप गिरीहरूले मुर्तिवत थामिरहेका छन् । बाबुराम, अशोक, उपेन्द्र, महन्तहरू समाजवाद नै भनिरहेका छन् । उसो त पुष्पकमल दाहाल र केपी ओली पनि यसकै मियोमा छन् । तर पनि लाल सलाम कमरेड नै भनिरहेका छन् । संविधानमा समाजवाद उन्मुख नेपाल लेखी सकेका छन् । तर कोराेनाको महामारीमा नेपाली जनताहरू एक छाक खान धौ–धौ परेका छन् । उता रुकुम तिर नवराज विक, सञ्जीव विक, गणेश बुढा, लोकेन्द्र सुनार, टीकाराम सुनार, गोविन्द शाही र अजित मिझार (केही वर्ष अघि काभ्रेका मिझार ठुला जाती ठान्ने युवतीसँग प्रेम सम्बन्धमा रहँदा उनको हत्या गरिएको थियो) मारिएका छन् । लाग्छ शब्दको समाजवादले अझै जनताहरू महामारीमा मर्ने छन् । नवराज विकहरू फेरी पनि मारिँदै जाने छन् क्रमशः…. ।

समानता सहितको स्वतन्त्र नै प्रजातन्त्र हो । नेपालमा प्रजातन्त्रको अभ्यास ‘गणतन्त्र’ शब्दमा उदय भएको छ । तर गणतन्त्रमा उपेक्षित हुनुको पीडा जनतालाई मात्र हैन नागरिकसँग पनि छ । जातको आधारमा कोही उपेक्षित छन् । कोही भूगोलको आधारमा उपेक्षित छन् । भूगोल र जातको आधारमा उपेक्षित छ तराई । डुम र मुसहर जस्ता जातीहरूलाई तराई स्वयम उपेक्षा गर्छ ।

जसो–त्यसो तराईको पीडा सिंहदरबार पुगेकै हो । तराईले मन्त्रालयका कुर्सीहरू बारम्बार पाएकै छ । तर पहाड र तराई दुवै ठाउँमा गुमनाम र उपेक्षित छन् दलितहरू । जातको आधारमा अझै पनि दलितहरूले ज्यान गुमाई रहेका छन् गणतान्त्रिक नेपालमा ।

जातीय विभेदको आवाज उठिरहँदा केही थान सभामुख र एक थान उपराष्ट्रपति हुँदैमा आदिवासीलाई विभेद छैन भन्नु गलत हो । एक–एक थान राष्ट्रपति र उपराष्ट्रपति मधेसी समुदायबाट पाउँदैमा मधेसवासीहरू सम्पन्न भयो भन्नु अर्को विभेद हो । मीन बहादुर विश्व कर्मले मन्त्री पाउँदैमा सबै दलितहरू सक्षम भएको देख्नु र सोच्नु अर्को जातीय विभेद हो ।

काठमाण्डौसंग कुम–कुम जोडेको छ काभ्रे जिल्ला । तर काभ्रेली अजित मिझारको लास सनाखत गर्न सक्दैन काठमाडौँ । जातीय विभेदको अन्त्य गर्दै पीडितलाई न्याय दिलाउने बारम्बार बाचा गर्छ सिंहदरबार । पीडकहरूलाई हदैसम्मको कार्वाहि गर्ने कसम खान्छ न्यायालय । तर पोस्टमार्टमको रिपोर्ट राता रात पविर्तन गरिन्छ । त्यसैले त नवराज विक र अजित मिझारहरु दलित भएकै कारण पटक–पटक मारिन्छन् ।

जातको आधारमा तिन हजार वर्ष अघिदेखि अन्याय भोग्दै आएका छन् दलितहरूले । जङ्ग बहादुर राणाले १९१० मा जारी गरेको मुलुकी ऐन दलितहरूको लागी कोरना भन्दा खतरनाक रोग बनेको छ । वर्ण श्रम र वर्णव्यवस्था स्थापित गरेको मान्यता दलितहरूको लागी एनथे्रक्स साबित भएको छ । वर्ण श्रम र वर्णव्यवस्थाको कारण आदिवासीहरू पनि उच्च जाती ठान्नेहरूबाट विभेदमा पर्दै आए ।

उपल्लो जात ठान्ने जाती र आदिवासीबाट पनि दलितमाथि विभेद हुँदै आयो । आदिवासीहरुले दलितहरूलाई कति हदसम्म विभेद गरेको छ ? कहाँ–कहाँ विभेद गरे ? किन अछुत माने ? अन्य जातीहरूले कति विभेद गरे ? अव फेरी गर्लान् वा नगर्लान् ? तर आदिवासीहरूले दलित माथि गरेको जातीय विभेदलाई स्वीकार गर्दै उनीहरूसँग क्षमा माग्नु पर्दछ ।

आदिवासीबाट दलितहरू विभेदमा पर्दै गए । उपल्लो जात ठान्ने जाती र आदिवासीबाट पनि दलितमाथि विभेद हुँदै आयो । आदिवासीहरुले दलितहरूलाई कति हदसम्म विभेद गरेको छ ? कहाँ–कहाँ विभेद गरे ? किन अछुत माने ? अन्य जातीहरूले कति विभेद गरे ? अव फेरी गर्लान् वा नगर्लान् ? तर आदिवासीहरूले दलित माथि गरेको जातीय विभेदलाई स्वीकार गर्दै उनीहरूसँग क्षमा माग्नु पर्दछ । अछुत बनाउने प्रयास गरिए हदैसम्मको दण्ड र सजाय पाउनु पर्छ । राज्य मौनतामा बस्नु हुन्न । जब दलितहरूले राज्यमा समानताको अनुभूत गर्न पाउँछन्, अनि पो सबैले खुसी साथ भन्न सक्छन्, ‘गणतान्त्रिक हाम्रो नेपाल ।’ अनि पो बन्न सक्छ, ‘समृद्ध नेपाल सुखी नेपाली ।’

नेपालको हरेक क्षेत्रमा दलितहरूलाई गुमनाम बनाइयो । राजनैतिक इतिहासमा दलित र तराईवासीले प्रधान मन्त्री बन्ने अवसर पाउन सकेन । आदिवासी भित्रबाट मरीचमान सिंहले प्रधानमन्त्री हुने सौभाग्य पाए । राजनीतिमा लागेका सबै प्रिय नेताहरू ३९ औँ प्रधानमन्त्री बन्न चाहन्छन् । त्यो स्वाभाविक हो । तर जातीय विभेदको आवाज उठिरहँदा केही थान सभामुख र एक थान उपराष्ट्रपति हुँदैमा आदिवासीलाई विभेद छैन भन्नु गलत हो । एक–एक थान राष्ट्रपति र उपराष्ट्रपति मधेसी समुदायबाट पाउँदैमा मधेसवासीहरू सम्पन्न भयो भन्नु अर्को विभेद हो । मीन बहादुर विश्व कर्मले मन्त्री पाउँदैमा सबै दलितहरू सक्षम भएको देख्नु र सोच्नु अर्को जातीय विभेद हो ।

संसारको मानव एउटै हुन् । म एक मानव हुँ । ममा मानवीयता हुनु पर्छ । म एक आदिवासी हुँ । त्यसैले, मैले गरेको जातीय विभेद स्वीकार गर्दै दलितहरूसँग माफी माग्न चाहन्छु ।

वर्ण श्रम र वर्णव्यवस्था स्थापित गरेको मान्यता र सत्ताले बनाएको मनोविज्ञानले नै नवराज विक र अजित मिझारहरु प्रेमको नाममा मारिन बाध्य छन् । समाजवाद उन्मुख गणतान्त्रिक राष्ट्रमा जातको कारण दलितहरूलाई मारिनु अन्तर्राष्ट्रिय अपराध हो । संसारको मानव एउटै हुन् । म एक मानव हुँ । ममा मानवीयता हुनु पर्छ । म एक आदिवासी हुँ । त्यसैले, मैले गरेको जातीय विभेद स्वीकार गर्दै दलितहरूसँग माफी माग्न चाहन्छु । मैले माफी मागेर मात्र जातीय समस्याको समाधान हुन सक्दैन । त्यसैले लामो समय देखि वर्ण श्रम र वर्णव्यवस्था स्थापित गरेको मान्यताहरू राज्यबाट सधैँको लागी, सबैको लागी अन्त्य गर्ने पर्दछ । यदि अन्त्य गर्न नसके जातीय द्धन्द्धामा ढिलो छिटो देश जान सक्ने सम्भावनाहरू देखिन्छ ।

हत्या गरिएका सबैमा हाद्र्धिक श्रद्धाञ्जली ।

यो पनि पढ्नुहोस
नेपालीलाई बिर्सिएर उभिएको नेपाली राष्ट्रियता
‘हामी लाहुरेहरु भूपीको चेसका गोटी जस्तै भयौं’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७