प्रदेश-१ मा थप ११ जनामा कोरोना संक्रमण, मोरङका ८ जना


६ असार २०७७, शनिबार
korona 1

विराटनगर, ६ असार । प्रदेश–१ मा आज (शनिबार) थप ११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

मोरङ, सुनसरी र झापा गरी तीन जिल्लामा ११ जना कोरोना संक्रमित थपिएको प्रदेश–१ का सामाजिक विकास मन्त्रालयका प्रवक्ता डा. सुरेश मेहताले जानकारी दिएका छन् ।

थपिएका संक्रमितमध्ये ८ जना मोरङको रतुवामाई नगरपालिकाका हुन् । झापाको गौरीगञ्जमा एक जना र सुनसरीको कोशी गाउँपालिकामा दुई महिलामा शनिबार संक्रमण देखिएको हो ।

योसँगै मोरङमा कोरोना संक्रमितको संख्या ११६ पुगेको छ भने प्रदेश–१ मा संक्रमितको संख्या ४३० पुगेको छ । उनीहरुमध्ये २३४ जना डिस्चार्ज भएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७