‘होचो हुँदा नागरिकता पाइँदैन ?’


१२ माघ २०७४, शुक्रबार
268821259hochi 2

मोरङ, १२ माघ : मोरङ्गकी एक युवती आफू होचो भएकै कारण नागरिकताबाट बञ्चित भइरहेको गुनासो गरिरहेकी छन् । ३२ इञ्च अर्थात २ फिट ८ इञ्च मात्र उचाइरहेकी १८ वर्षीया मालती मिरर (ऋषिदेव) आफ्नो उपचाइ कम भएकै कारण नागरिकता बनाउन जाँदा पटक–पटक फर्काइएको बताउँछिन् ।268821259hochi 2

उनी भन्छिन्–‘नागरिकता बनाउन १८ वर्ष उमेर चािहन्छ भनेको सुनेको छु । तर, मैले किन पाइन । होचा मान्छेले नागरिकता पाउँदैनन् र ?’ मोरङको सुन्दरहरैचा नगरपालिका–४ की मालतीलाई उनका बाबु रमेश मरर (ऋषिदेव) छोरीको नागरिकताका लागि पटक–पटक जिल्ला प्रशासन कार्यालय मोरङ्ग जाँदा पनि कर्मचारीले यति सानोको नागरिकता बनाउन मिल्दैन भन्दै फर्काउने गरेको बताउँछन् ।

कमजोर पारिवारिक स्थिति रहेकाले उनको परिवारका अन्य सदस्यहरु खोलामा गिटी कुटेर जिविकोपार्जन गर्दै आएका छन । निकै होची मालती विश्वकै होची हुनसक्ने स्थानीय बताउँछन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७