अभिनेत्री निरिशा बस्नेतले जितिन् कोरोनालाई


७ असार २०७७, आईतवार
100466813 10213202097727031 4906025311247794176 n

काठमाडौं, ७ असार । अभिनेत्री निरिशा बस्नेतले दुई सातामा कोरोना संक्रमणलाई जितेकी छिन् ।

छोरीले कोरोना जितेर शुक्रबार बेलुका अस्पतालबाट डिस्चार्ज भएको उनका बुबा उनका अभिनेता विश्व बस्नेतले जनाएका छन् । बस्नेतले शनिबार फेसबुकमा एउटा स्टाटस लेख्दै कोरोना जितेर छोरी घर फर्किएको जानकारी गराएका हुन् ।

विगत चार वर्षदेखि मुम्बईमा बसेर उतै भारतीय टेली चलचित्रमा अभिनय गर्दै आएकी अभिनेत्री निरिशा विगत दुई साताअघि कोरोनाबाट संक्रमित भएकी थिइन् ।

त्यतिबेला श्वासप्रश्वासको समस्या भएपछि परीक्षण गर्न गएकी उनलाई परीक्षणको क्रममा कोरोना संक्रमण पोजेटिभ देखिएको थियो । त्यसपछि लगत्तै उनी अस्पताल भर्ना भएकी थिइन् ।
आफूसँगै बस्ने साथीमा कोरोना पोजेटिभ पाएपछि उनको स्वास्थ्यमा समस्या देखिएको थियो ।

त्यसपछि परीक्षण गर्दा कोरोना संक्रमित देखिएको उनले दुई साताअघि नै इन्स्टाग्राममार्फत बताएकी थिइन् । निरिशाले नेपाली चलचित्र ‘जानी नजानी’ मुख्य नायिकाको रूपमा अभिनय गरेकी थिइन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७