सूर्य चिन्ह लिएर नेपाल परिवार दल चुनाव लड्ने


२१ आश्विन २०७४, शनिबार

काठमाडौं : आसन्न प्रतिनिधिसभा र प्रदेशसभामा निर्वाचनमा नेपाल परिवार दलले एमालेको सुर्य चिन्हमा निर्वाचन लड्ने भएको छ । एमाले अध्यक्ष केपी ओलीनिवास बालकोटमा केहीबेरअघि भएको सहमतिअनुसार परिवार दलले आसन्न निर्वाचनमा सूर्य चिन्ह लिएर निर्वाचन लड्ने भएको हो ।

Logo of CPN UML

दुई पार्टीबीच तीनबुँदे सहमति भएको छ । सहमतिपत्रमा एमाले अध्यक्ष ओली र परिवार दलका अध्यक्ष एकनाथ ढकालले हस्ताक्षर गरेका छन् । तर, परिवार दललाई दिइने प्रत्यक्ष र समानुपातिकतर्फको संख्या उल्लेख गरिएको छैन ।

सिट संख्या सहमतिमा टुंगो लगाउने तथा देशभर एमाले उम्मेदवारलाई जिताउन परिवार दल सक्रिय भएर लाग्ने सहमतिमा उल्लेख छ । भने निर्वाचनपछि बन्ने संसद्मा परिवार दलले एमालेको ह्वीप मान्ने सहमति पनि भएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७