नेपालमा कोरोना भाइरसको संक्रमण समूदायस्तरमा पुगेको छैन : डा. बासुदेव पाण्डे {भिडियाे


७ असार २०७७, आईतवार
Ministry of Health and Population Nepal Novel Coronavirus COVID 19 Media Briefing

काठमाडौं, ७ असार ।  रोग नियन्त्रण महाशाखाका प्रमुख डाक्टर बासुदेव पाण्डेले नेपालमा कोरोना भाइरसको संक्रमण समूदायस्तरमा नपुगेको दावी गरेका छन् ।  स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता जागेश्वर गाैतमसँग कुराकानी गर्दै उनले अधिकांश संक्रमित विदेशबाट आएकाले समूदायस्तरमा संक्रमण नगएको पुष्टि भएको दाबी गरेको हो ।

साथै ९८ प्रतिशत संक्रमितमा लक्षण नभएका र संक्रमितमध्ये गम्भीर प्रकारका बिरामी कम रहको उनले बताए  । उनले  प्रदेश र स्थानीय तहहरूसँगको सहकार्यमा कन्ट्याक्ट ट्रेसिङको संयन्त्रले काम भइरहेको र थप संयन्त्र विस्तार हुने क्रमले कन्ट्याक्ट ट्रेसिङको काम थप प्रभावकारी रहने जानकारी पनि दिए। अहिले महाशाखामा २० वटा टोली र प्रत्येक प्रदेशमा तीन वटा टोलीले कन्ट्याक्ट ट्रेसिङको काम गरिहेका उनले बताए । ‘कन्ट्याक्ट ट्रेसिङ’ का लागि ३ हजार २२५ जनाको जनशक्ति टोली तयार गर्ने डाक्टर पाण्डले बताए  । 

पुरा संवाद भिडियाे हेर्नुहाेस् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७