पूर्व युवराज्ञी हिमानी बाबुरामको गाउँमा ! यस्तो रहेछ रहश्य…


१२ माघ २०७४, शुक्रबार
himani 1
????????????????????????????????????

काठमाण्डौं, १२ माघ : पूर्व युवराज्ञी हिमानी शाह ठूलो टिमसहित गोरखा जिल्ला गएकी छन् । गोरखाको पालुङ्टारस्थित भवानी उच्च माविको भवन निरीक्षणका लागि हिमानी त्यसतर्फ प्रस्थान गरेको जनाइएको छ ।

himani 1

सो उच्च माविको भवन जापानी संस्था जोडुसु र हिमानी ट्रष्टले गरेको ३ करोडको सहयोगमा निर्माण हुँदैछ । जसको अवलोकनका लागि उनी गोरखा गएकी हुन् । हिमानी ट्रष्टकी सचिव श्री मल्ललगायत कार्य समितिका सदस्यहरु मनुजा शाह, अदिति सिंह, सिर्जना ओलीसहित उनी त्यसतर्फ लागेको उनी निकट स्रोतले जानकारी दिएको छ ।

पालुङ्टार नयाँशक्ति नेपालका अध्यक्ष बाबुराम भट्टराईको गाउँ खोप्लाङ नजिकै हो । उनी डा. बाबुराम भट्टराईको पालुङटार पुग्ने पनि कार्यक्रम तय गरिएको छ । आज मोटल डु मुग्लिनमा बास बसेर उनी भोलि विहानै पालुङटार जाने जनाइएको छ । मोडेल टु मुङ्लिन होटल त्रिशुली र मस्र्याङ्दीको संगमस्थल रहेको मुग्लिनभन्दा ठीक पारिपट्टि छ । यहाँ राजपरिवारका सदस्यहरु बरोबर गइरहन्छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७