नेपाल टेलिकमले कालापानी क्षेत्रमा सुरु गर्‍यो सिडिएसए मोबाइल सेवा


८ असार २०७७, सोमबार
nepal telicom

काठमाडौं, असार ८ । नेपाल टेलिकमले दार्चुला जिल्लाको ब्यास गाँउपालिकामा सिडिएमए मोबाइल सेवा सुरु गरेको छ । छाङरुमा केही समय अगाडि स्थापना भएको सशस्त्र प्रहरी बलको बिओपीलाई लक्षित गरी टेलिकमले टावर निर्माण गरेको हो ।

नेपाल टेलिकमकाे टावरले कालापानी, छाङरु, ,टिंकर,गुन्जी र कुटी क्षेत्रमा सेवा दिने टेलिकमका प्रबन्ध निर्देशक डिल्ली अधिकारीले जानकारी  दिए ।

टेलिकमले कर्मचारीलाई गृह मन्त्रालयको सहयोगमा हेलिकोप्टरबाट उक्त क्षेत्रमा लगि टावर निर्माण गरेको हो ।  गृह मन्त्रालय र जिल्ला प्रशासन कार्यालय दार्चुलाको समन्वयमा प्राविधिकहरु उक्त स्थानमा लगिएको नेपाल टेलिकमले जानकारी  दिए ।

 

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७