यातायात श्रमिकका वितेका ४१ वर्ष


९ असार २०७७, मंगलवार
Bhimjwala rai

काठमाडौं , ९ असार । नेपाल यातायात स्वतन्त्र मजदुर संगठनको आज मंगलबार ४१ औ स्थापना दिवस । स्थापना दिवसको अवसरमा देशभर विभिन्न कार्यक्रम भइरहेको छ ।

धरानमा आज संगठनको आयोजनामा रत्तदान कार्यक्रम तथा अति विपन्न यातायात मजदुरका ५० परीवारलाई राहत वितरण कार्यक्रम हुँदैछ । स्थापना दिवसको अवसर पारेर संगठनका केन्द्रिय अध्यक्ष भिमज्वाला राईले यातायात श्रमिकका वितेका ४१ वर्षहरू स्मरण गरेका छन । प्रस्तुत छ ति स्मरणः

१. यातायात श्रमिकहरु यतिवेला गम्भिर संकटको सामना गरिरहेका छन् । दैनिक चुल्हो बाल्न कठिन छ । जिवन चलाउन गाह्रो छ । भविष्य अन्यौल छ । सारा नेपाली अप्ठ्यारोमा छन् । तर, दैनिक ज्यालाले परिवार चलाउने यातायात श्रमिकहरुको पीडा अरुको भन्दा फरक छ ।

कोभिड १९ को संक्रमणको जोखिम न्युनिकरण गर्नका लागि नेपाल सरकारले २०७६ साल चैत्र ११ गते देखि आवागमनमा पूर्ण प्रतिबन्ध अर्थात लकडाउन घोषणा गरेको छ । महिनौदेखि सार्वजनिक सबारी साधनहरु चलेका छैनन् । अनिश्चित लकडाउनका कारण करिव ११ लाख यातायात मजदुर तथा आश्रीत परिवार भोकको चपेटामा परेकाछन् ।

२. यस्तो संकटको समय हामी हाम्रो प्रिय संगठन नेपाल यातायात स्वतन्त्र मजदुर संगठनको ४१ औं स्थापना दिवस मनाईरहेका छौँ । यस अवसरमा सम्पूर्ण श्रमजिविहरु प्रति हार्दिक शुभकामना व्यक्त गर्दछु ।

३. पञ्चायती बुट र बन्दुकको छाँया मुनी २०३६ साल असार ९ गते सुनसरी जिल्लाको पानीपिया जङ्गलमा यो सँगठन स्थापना गर्नुहुने ।

संस्थापक अध्यक्षः कमल बुढाथोकी, उपाध्यक्षः गेल्बु लामा, सचिवः लेखनाथ पराजुली, सह सचिवः ओमप्रकाश शर्मा, कोषाध्यक्षः चन्द्रवहादुर श्रेष्ठ, सदस्यहरुः छविलाल लम्साल, रमेश बिष्ट, युगेश्वर साह, दुर्गा मानन्धर, गंगाराम शर्मा ढकाल, मदनकिशोर शर्मा, दिनेश खड्का, सिंहवहादुर भुजेल, दुर्गा आचार्य, विरेन्द्र प्रधानांङ्ग, नत्थुनी चौधरी लगायतका अग्रजहरुलाई हृदयदेखि सम्मान व्यक्त गर्दछु ।

४. बिक्रम सम्बत १९७३ सालदेखि नेपालमा सवारी साधन भित्रिएको ईतिहाससंगै १९९८ सालमा काठमाण्डौंमा नेपाली यातायात मजदुरहरुको ईतिहासमा पहिलो पटक “चालक संघ” नामको संगठन र उपत्यका बाहिर २००८ सालमा बिराटनगरमा “मोरङ यातायात मजदुर युनियन” गठन गरि मजदुरहरुलाई संगठित हुन सिकाउने अगुवाहरुलाई स्मरण गर्दछु । राजनीतिक आरोह अवरोहका बीच २०३६ सालमा नेपाल यातायात स्वतन्त्र मजदुर संगठन स्थापना गर्नुहुने सम्पूर्ण अग्रजहरुप्रति श्रद्धा व्यक्त गर्दछु । दिवंगतहरुप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु ।

५. संगठन ईतिहासको ४१ वर्षे यात्रामा हामीले दशौं राष्ट्रिय महाधिवेशन सम्पन्न गरिसकेकाछौं । प्रथम र दोस्रोे महाधिवेशनबाट निर्वाचित अध्यक्षहरुले तत्कालिन सरकारको आश्वासनमा परेर आन्दोलन र संगठनलाई नै धोका दिए पछि सुस्ताएको संगठनलाई २०४३ साल फागुन ३० गते पोखरामा भएको राष्ट्रिय भेलाबाट तेस्रो राष्ट्रिय अधिवेशन तयारी समितिको नेतृत्व गर्दैे राजनैतिक प्रतिकुलताकाबीच संगठनलाई क्रियाशिल बनाउनु भएकामा चुडामणी जँगलीलाई यो ऐतिहासिक अवसरमा सम्झिन चाहान्छु ।

२०४७ सालमा संगठनको तेस्रो महाधिवेशनबाट पुनः अध्यक्ष बनेर यातायात क्षेत्रलाई समेट्ने छुट्टै ऐन, नियुक्ती पत्र, कानुनी संरक्षण र सेवा सुविधा लगायत २४ सुत्रिय माग राखी चक्काजामको अगुवाई गर्नु भएका जंगलीकै समयमा श्रम ऐन, सवारी तथा यातायात व्यवस्था ऐन जारी भएका हुन् ।

चौथौँ महाधिवेशनदेखि छैठौँ महाधिवेशन २०५१ सालदेखि २०६३ सालसम्म लगातार तिन कार्यकाल उद्धव केसीले यो संगठनको अध्यक्षको भूमिकामा अगुवाई गर्नु भयो । २०५३ साल फागुन १५ गते चक्काजामकै बलबाट सवारी तथा यातायात व्यवस्था नियमावली लगायत नीतिगत काममा स्मरणयोग्य भूमिका निर्वाह गर्नुभयो । सडक दुर्घटना न्युनिकरणका लागि देशव्यापी सडक कार्यक्रम, सरोकारवालाहरुसंग गोष्ठि तथा छलफल जस्ता रचनात्मक गतिविधि गरी संगठनको छविलाई उकास्ने काम गर्नुभयो, देशव्यापी रुपमा संगठनको आकार विस्तार गर्नुभयो ।

संगठनको ईतिहासमा कुशल नेतृत्व गर्नुहुने पूर्व अध्यक्षहरु चुँडामणी जँगली र उद्धव केसीलाई संगठनको तर्फबाट उच्च सम्मान गर्दै ईटवान स्टारको उपाधीले विभुषित गरिएको छ ।

दश वर्षे जनयुद्धको समापन भए पनि युद्धका अवशेषहरु बाँकी नै रहेका बेला २०६३ सालमा सम्पन्न सातौँ महाधिवेशनबाट मोतिराज सुनवार संगठनको अध्यक्ष बन्नु भएको थियो । समय चुनौतिपूर्ण भएपनि आम मजदुरहरुमा नयाँ उत्साह पलाउदै थियो तर, वहाँले लामो समय नेतृत्व गर्नुभएन र त्यस संक्रमणकालिन अवस्थामा श्रीधरप्रसाद श्रेष्ठले कार्यबाहक अध्यक्षका रुपमा २०६६ सालसम्म नेतृत्व गर्नुभयो ।

आठौं र नबौँ राष्ट्रिय महाधिवेशनबाट २०६६ देखि २०७४ सालसम्म राजीव घिमिरे संगठनको अध्यक्ष निर्वाचित हुनु भयो । कार्यथलोमा फरक बिचारका संगठनहरुबीच अस्वस्थ प्रतिष्पर्धा थियो । त्यस्तो समयमा पनि सँगठनको सदस्यता बिस्तार र नेतृत्व परिचालनले गति पायो । संगठन निर्माण दुर्गम कर्णालीसम्म पुग्न सफल भयो । ट्रेड युनियन शिक्षा मार्फत संगठनले देशव्यापी रुपमा गतिशिलता पाएको थियो ।

६. नयाँ संविधान अनुसार देशमा सातवटा प्रदेश बनिसकेको थियो । राज्यको पुनरसंरचना अनुसार कानुनहरु निर्माण भईरहेका थिए । तर, हाम्रो संगठन पुरानै शैलिमा चलिरहेको थियो । त्यही बेलामा हाम्रो संगठनलाई पुनरसंरचना गर्ने बैधानिक प्रस्ताव सहित २०७४ सालमा सम्पन्न दशौं राष्ट्रिय महाधिवेशनबाट हामीले कार्यभार सम्हालेका थियौं । महाधिवेशनले पास गरेका कार्यभार सहित कठिन समयमा पनि हामीले ।

क. राज्यको संरचना अनुसार संगठनको पुरानो संरचनालाई भत्काएर सातवटा प्रदेशमा गठन गर्नु पर्ने कठिन काम गरिसकेका छौं ।

ख. यातायात व्यवस्थापन कार्यविधि निर्देशिका २०७४ ले उत्पन्न गरेका चुनौतिहरुको व्यवस्थापन गरी सँगठनलाई श्रमिक पक्षिय बनाउदै, यातायात श्रमिकलाई सामाजिक सुरक्षामा जोड्ने प्रकृयाको थालनी गरेकाछौं ।

ग. सवारी तथा यातायात व्यवस्था ऐन, फौजदारी अपराध संहिता एवं नयां ऐन कानुनहरुको निर्माण र संशोधनले उत्पन्न परिस्थितिको सामना गर्दै ऐन, कानुनहरुलाई श्रमिक पक्षिय बनाउने काममा संगठनलाई क्रियाशिल बनाउदै श्रमिकहरुको पेशागत हक, हित, अधिकारका लागि निरन्तर क्रियाशिल रहेकाछौं ।

घ. यातायात श्रमिकहरुको स्वास्थ्यलाई मध्येनजर गर्दै स्वास्थ्य संस्था तथा अस्पतालहरुको सहयोगमा श्रमिकहरुका लागि निशुल्क स्वास्थ्य शिबिरहरु सञ्चालन गरिरहेकाछौं ।

ङ. सडक दुर्घटनाले जनधनको क्षति बढीरहेको सन्दर्भमा । सडक दुर्घटना न्युनिकरणका लागि देशव्यापी सडक सुरक्षा अभियान सञ्चालन गरी यातायात श्रमिक तथा आम जनतामा अनुशिक्षण गरिरहेकाछौं ।

च. जहाँ यातायात श्रमिक त्यहाँ संगठन अभियान अन्तरगत बसपार्क आधारित सदस्यता विस्तार र नविकरण अभियान सञ्चालन गरिरहेकाछौं ।

छ. अन्तराष्ट्रिय यातायात मजदुर महासंघ ९आईटिएफ० संगको सम्बन्धलाई बलियो बनाउदै विश्वमञ्चमा नेपाली यातायात श्रमिकहरुका एजेण्डालाई स्थापित गर्ने कामलाई निरन्तरता दिईरहेकाछौं ।

ज. हाम्रो संगठन र अखिल नेपाल यातायात मजदुर संघबीच एकता प्रकृया सकारात्मक रुपमा अघिबढिरहेको छ । यो प्रकृयासंगै देशमा शक्तिशाली संगठन निर्माण कार्य गरिरहेकाछौं ।

हामी मैदानमा छौं । हामी लक्ष्य सहितको यात्रामा छौं । यो यात्रालाई सफल बनाउन तपाईहरुको साथ र सहयोगको अपेक्षा गर्दछु ।

७. क. चालकलाई हत्कडी लगाउने प्रथाको अन्त्य, स्वतन्त्र सँगठन बनाउने अधिकार लगायतका १३ सुत्रिय माग राखेर २०३६ सालमा ७ दिन चक्काजाम गर्दा पक्राउ परि ३६ दिन जेलजिवन विताउनुहुने कमल बुढाथोकी, छबिलाल लम्साल, रमेश बिष्ट र चन्द्रवहादुर श्रेष्ठको साहस प्रेरणादायी छ ।

ख. २०४६ सालको जन आन्दोलनमा संगठनको योजनामा यातायात श्रमिकहरुले दस्तावेजहरु ओसारपसार गरेर बाममोर्चालाई साथ दियो, नेपाल बन्द, हड्ताल, मशाल जुलुश र यातायात अवरोधमा मजदुर परिचालन गरेर भूमिका निर्वाह गर्यो ।

ग. आन्दोलनको बलमा, श्रम ऐन, सवारी तथा यातायात व्यवस्था ऐन, सवारी तथा यातायात व्यवस्था नियमावली निर्माणमा योगदान गरी यातायात क्षेत्रमा कानुन विहिनताको अवस्थाको अन्त्य गर्यो ।

घ. लाईसेन्स नविकरण शुल्क बृद्धि, यातायात श्रमिकहरुमाथी प्रशासनिक हैरानी, विभिन्न नाममा हुने शोषण र सास्ती विरुद्ध तथा यातायात मजदुर प्रतिकुल नीति विरुद्ध संगठनले निरन्तर खबरदारी गरिरहेको छ ।

ङ. २०६२/०६३ को १९ दिने दोस्रो जन आन्दोलनमा यातायात मजदुर प्रद्युन्न खड्का लगायतले देशका लागि अमुल्य जिवन दिएका छन् । देशभर संगठनका हजारौं नेता कार्यकर्ताहरु आन्दोलनमा सहभागी भए । सयौं नेता कार्यकर्ताहरु पक्राउ परेका छन् घाईते भएका छन् ।

च. यही संघर्षको जगमा अनौपचारिक श्रमिकहरुलाई समेत समेट्ने गरी श्रम ऐन २०७४ जारी भएको छ, भर अभरमा भरथेग गर्ने सामाजिक सुरक्षा ऐन २०७४ जारी भईसकेको छ । यसकालाई कार्यान्वयन गर्ने अभिभारा हाम्रो कांधमा छ ।

८. बितेका तिन महिनादेखि सवारी साधनहरु ग्यारेज तथा घरमा थन्किएका छन् । यातायात मजदुरहरुको घरमा चुलो बाल्न हम्मे हम्मे छ । अर्थात हामी क्रमशः भोकमरीको चपेटामा परिरहेकाछौं ।

मजदुरहरुलाई केही मात्रामा भएपनि सहयोग गरौं भन्ने उदेश्यले नेपाल यातायात स्वतन्त्र मजदुर संगठनको तर्फबाट बांचौ र बचाऔं अभियान सञ्चालन गर्दै खाद्यान्न सहयोग गरिरहेकाछौं ।

संगठनको आफ्नो श्रोत, साधनको अधिकतम उपयोग गर्दै श्रमिकलाई मायां गर्ने संघ संस्था एवं व्यक्तिहरुको साथ र सहयोगबाट देशभरी करिव २० हजार मजदुर परिवारलाई खाद्यान्न सामग्री सहयोग गरिसकेकाछौं । यस काममा अहोरात्र खट्नुहुने संगठन केन्द्रीय कमिटी, प्रदेश कमिटी, महानगर, उपमहानगर, नगर, ईकाई तथा देशभरीका सम्पूर्ण कमिटीका नेता साथीहरुलाई संगठन केन्द्रीय कमिटीको तर्फबाट हार्दिक धन्यवाद दिन्छु ।

हाम्रो संगठनले मजदुरहरुको निवासमा पुगेर राहत सहयोग गरेको छ, संगठनको कार्यालयहरुमा बोलाएर मजदुरहरुलाई सहयोग गरेको छ ।

हामीलाई राम्ररी थाहा छ संगठनको सहयोग पर्याप्त होईन । अझै धेरै मजदुरहरुको आंशु पुछ्न सकेका छैनौं । संगठनको सिमित श्रोत र साधनबाट सम्भव छैन तर, हामी तपाईहरुलाई सहयोग गर्न निरन्तर प्रयास गरिरहने छौं । मजदुरहरुको चुलो बाल्ने अभियानमा हामी निरन्तर लागिरहनेछौं ।

९. करिब ८ खर्ब निजी लगानी रहेको नेपालको अर्थतन्त्रको जग मानिएको यातायात क्षेत्र बैंक ऋणमा निर्भर छ । महामारीले मृतप्राय बनेको यो क्षेत्रलाई प्राण भर्ने योजना सरकारले ल्याउन सकेन भने ठुलो संख्यामा श्रमिकहरु वेरोजगार हुने अबस्था छ । तत्काल यातायात क्षेत्रलाई सहुलियत र अत्यावश्यक सेवा क्षेत्रको फ्रन्टलाईनमा काम गर्ने यातायात श्रमिकहरुलाई स्वास्थ्य, सुरक्षा र भविश्यप्रतिको सुनिश्चितता हुने योजना घोषणा गर्दै काम गर्ने वातावरण बनाउन सरकारसंग आग्रह गर्दछु ।

१०. २०७६ साल असार ९ गते संगठनको ४० औं स्थापना दिवसमा एकै दिन देश भर १ हजार १२ पिन्ट रक्तदान गरेका थियौं, देशका ५२ शहरका बसपार्कहरु सरसफाई गरेका थियौं । एसईई तथा आठ कक्षा उतिर्ण मजदुरका छोराछोरीहरुलाई पुरस्कृत गरेका थियौं, पूर्व प्रधानमन्त्री तथा नेकपाका बरिष्ठ नेता माधव कुमार नेपाल, पूर्व अर्थमन्त्रि सुरेन्द्र पाण्डे, जिफन्टका पूर्व अध्यक्ष मुकुन्द न्यौपानेबाट संगठनको जन्मदिनको केक काटेर स्थापना दिबसलाई रचनात्मक र भब्य बनाएका थियौं ।

यस पटक महामारीले विश्वलाई अक्रान्त बनाएको समय हामी हाम्रो संगठनको स्थापना दिवस मनाईरहेकाछौं । प्रतिकुलताका बीच पनि देशका विभिन्न स्थानहरुमा रक्तदान गरेर, मजदुर परिवारलाई राहत वितरण गरेर साथै संगठन स्थापना स्थल पानीपिया तथा देशभरीका बसपार्कहरुमा दिप प्रज्वलन गरेर स्थापना दिवस मनाईरहेकाछौं ।

क. अबका हाम्रा कार्यभारहरु यातायात श्रमिकहरुको स्वास्थ्य र सुरक्षाका विषयमा गम्भिर हुंदै जनताको सेवामा क्रियाशिल रहने सचेतना बारे कार्यथलो आधारित देशव्यापी अभिमुखिकरणमा केन्द्रीत हुनेछ ।

ख. दशौं राष्ट्रिय महाधिवेशनका बांकी कार्यभार पुरा गर्दै, श्रम ऐन र सामाजिक सुरक्षा ऐनको कार्यान्वयनका विधि निर्माणका सन्दर्भमा केन्द्रीत हुनेछ ।

ग.  सडक सुरक्षा अभियान सञ्चालन गरी सडक दुर्घटना न्युनिकरण हाम्रो शक्ति केन्द्रीत हुनेछ ।

११. अन्त्यमा यातायात मजदुरहरु अभाव र संकटमा पनि नआत्तिने वर्ग हो । यो महामारीलाई हामी सबै मिलेर जित्नु छ । म सम्पूर्ण मजदुर साथीहरुलाई आग्रह गर्दछु धैर्य बनौं । स्वास्थ्य र सुरक्षाका बारे सचेत रहौं । खानपानलाई सन्तुलित बनाऔं । परिवारलाई हेरचाह र मायां गरौं । सामाजिक दायीत्व पुरा गरौं । समय परिस्थिति अनुसार चलौं । अनावश्यक हल्लाको पछि नलागौं । देशभरीका श्रमजीवीहरु एकजुट बनौं, भावि चुनौतिहरुको सामना गर्न सकौं ४१ औं स्थापना दिवसको हार्दिक शुभकामना ।

(राई नेपाल यातायात स्वतन्त्र मजदुर संगठन अध्यक्ष हुन् ।)

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७