पोखरामा एक कोरोना संक्रमितको मृत्यु


११ असार २०७७, बिहीबार
korona death

पोखरा, ११ असार । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको आईसीयूमा उपचाररत एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

स्याङ्जाको सिरुवारीका ५५ वर्षीय पुरुषको गए राति ११ः३५ बजे मृत्यु भएको अस्पतालका सहप्रध्यापक डा. अर्जुन आचार्यले जानकारी दिएका छन् । यससँगै नेपालमा कोरोना भाइरस संक्रमणबाट ज्यान गुमाउनेको संख्या २५ पुगेको छ ।

उनलाई यही असार ८ गते अस्पतालमा भर्ना गरिएको थियो । स्वास्थ्य बिग्रिँदै गएपछि उनलाई भेन्टिलेटरमा राखिएको थियो ।

पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा उपचार गर्दागर्दै कोरोना संक्रमितको मृत्यु भएका स्याङ्जाका यी पुरुष दोस्रो व्यक्ति हुन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७