चट्याङ लागेर दुई जनाको गयो ज्यान, एक घाइते


११ असार २०७७, बिहीबार
chatyang

मकवानपुर, ११ असार । मकवानपुरको बकैयामा चट्याङ लागेर दुई जनाको ज्यान गएको छ ।
एक जना घाइते भएका छन् ।

गए राति चट्याङ लागेर बकैया–२ कालापानीका १७ वर्षकी सम्झना घिसिङ र २५ वर्षकी बिना घिसिङको ज्यान गएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक सुशीलसिंह राठोरले जानकारी दिए । सम्झनाको घरमै र बिनाको दोभान स्वास्थ्य चौकीमा उपचारको क्रममा ज्यान गएको हो ।

राति पानीसँगै परेको चट्याङ लागेर १४ वर्षका किरण जिम्वा घाइते भएका छन् । जिम्वाको दोभान स्वास्थ्य चौकीमा उपचार भइरहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७