ला लिगा : बार्सिलोनालाई उछिन्दै रियल मड्रिड शीर्ष स्थानमा


११ असार २०७७, बिहीबार
30019184 8455317 image a 82 1593036877269

काठमाडौं, ११ असार । स्पेनिस लिग फुटबलमा रियल मड्रिड पुनः शीर्ष स्थानमा फर्किएको छ ।
गए राति घरेलु मैदानमा भएको खेलमा मालोर्कालाई २–० ले पराजित गर्दै रियालले शीर्ष स्थानको बार्सिलोनालाई उछिनेको हो ।

खेलमा रियाललाई विजयी गराउन भिनिसियस सुनियर र कप्तान सर्जियो रामोसले एक एक गोल गरे ।

जितसँगै रियाल र बार्सिलोना दुवैको ३१ खेलमा समान ६८ अंक भएको छ । तर हेड टु हेडको आधारमा रियालले बार्सिलोनालाई उछिनेको हो । मालोर्का भने ३१ खेलमा २६ अंकसहित रेलिगेसन क्षेत्रमा संघर्ष गरिरहेको छ । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७