प्रहरीका असई नै जब्बरजस्ती करणी आरोपमा पक्राउ


११ असार २०७७, बिहीबार
Nepal police

रौतहट, ११ असार । नागरिकको जिउधनको सुरक्षा गर्नुपर्ने प्रहरी नै जब्बरजस्ती करणी आरोपमा पक्राउ परेका छन् ।

रौतहटमा नेपाल प्रहरीका एक प्रहरी सहायक निरीक्षक (असई) लाई जब्बरजस्ती करणी गरेको आरोपमा स्थानीयले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका छन् । प्रहरी चौकी बसतपुरका इन्चार्ज असई सञ्जीप झालाई स्थानीयले नियन्त्रणमा लिएर बुधबार बिहान जिल्ला प्रहरी कार्यालयमा बुझाएको स्थानीयले जानकारी दिएका छन् ।

मंगलबार राति करिब १ बजेको समयमा एक स्थानीय महिलालाई घरभन्दा करिब तीन सय मिटर टाढा लिएर जब्बरजस्ती करणी गर्न खोज्दा महिलाले प्रतिकार गर्दै गुहार मागेपछि स्थानीयले नियन्त्रणमा लिएका थिए ।

रातभर स्थानीयको नियन्त्रणमा रहेका असई झालाई बुधबार बिहान जिल्ला प्रहरी कार्यालय रौतहट र इलाका प्रहरी कार्यालय गरुडाको संयुक्त टोलीले उद्धार गरेको हो । आवश्यक अनुसन्धान गरेर कानुनी कारबाही गर्ने सहमति पछि स्थानीयले प्रहरीको जिम्मा लगाएको राजदेवी नगरपालिका–२ का वडाध्यक्ष सनुप महतोले जानकारी दिए ।

महिलालाई जब्बरजस्ती करणी गर्न खोज्ने प्रहरी सहायक निरीक्षक झालाई जिल्ला प्रहरी कार्यालयमा पुर्‍याएर घटनाको अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख रविराज खड्काले जानकारी दिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७