संक्रमितको शव व्यवस्थापन गर्ने प्रहरी टोलीमाथि ढुङ्गामुढा, झडपमा दर्जन बढी घाइते


११ असार २०७७, बिहीबार
dead PP4JY91AIi

पोखरा, ११ असार । कोरोना संक्रमणबाट मृत्यु भएकाको शव व्यवस्थापनमा स्थानीयले अवरोध गरेका छन् ।

कोरोना संक्रमणबाट मृत्यु भएका स्याङ्जा एक पुरुषको शव व्यवस्थापनका लागि पोखरा–३२ स्थित मजुवा लैजाँदै गर्दा शवबाहनसहितको प्रहरी टोलीलाई स्थानीयले अवरोध गरेका हुन् ।

उनीहरुले मजुवामा शव व्यवस्थापन गर्न नदिने भन्दै घाटनजिकै टायर बालेर विरोध प्रदर्शन गर्दै अवरोध गरेपछि झडप भएको छ । झडपका क्रममा एक दर्जन प्रदर्शनकारी घाइते भएका छन् ।
शव व्यबस्थापन गर्न नदिने भन्दै स्थानीयले प्रहरी टोली माथि ढुङ्गामुडा गर्न थालेपछि झडप भएको हो ।

नेपाली सेनाले शव व्यबस्थापन गर्ने र पोखरा महानगरपालिकाले शव व्यवस्थापन स्थान खोज्ने सहमतिअनुसार महानगरले पोखरा ३२ मजुवा घाट तय गरेको थियो । जसअनुसार प्रहरीले शव बाहनमा राखेर मृतकको शव घाटमा लगेको थियो ।

कास्की प्रहरी प्रमुख जीवन श्रेष्ठले शव लैजाने क्रममा स्थानीयबाट अवरोध गरेपछि झडप हुन पुगेको जानकारी दिएका छन् । महानगरपालिकाले भने शव व्यवस्थापन गर्ने काममा अवरोध गर्न नहुने बताएको छ ।

‘शबलाई कहिं न कहिं त व्यवस्थापन गर्नैै पर्‍यो, मजुवा घाट बस्तीबाट टाढा भएकाले शव व्यवस्थापन गर्दा केहिी अफ्ठ्यारो नपर्ने भएकाले उक्त ठाउँ चयन गरिएको हो’ पोखरा महानगरका प्रमुख मानबहादुर जिसीले भने । कास्कीमा यसअघि पनि शव व्यवस्थापन गर्ने क्रममा झडप भएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७