ललितपुरका प्रहरी निरीक्षक लागुऔषध कारोबार आरोपमा पक्राउ


११ असार २०७७, बिहीबार
pakrau 1 पक्राउ arrest

काठमाडौं, ११ असार । लागुऔषध कोरोक्सको कारोबारमा ललितपुरका प्रहरी निरीक्षककै संलग्नता देखिएको छ ।

महानगरीय प्रहरी परिसर ललितपुरमा कार्यरत प्रहरी निरीक्षक रुद्रबहादुर शाही लागुऔषध कारोबार आरोपमा बिहीबार पक्राउ परेका छन् । लागुऔषध नियन्त्रण ब्युरोले उनलाई कार्यालयबाटै पक्राउ गरेको हो ।

ब्युरोले बुधबार बरामद गरेको ६ सय ५० बोतल कोरेक्स प्रहरी निरीक्षक शाहीले नै ओसारपसार गरेको पुष्टि भएपछि उनी पक्राउ परेका हुन् ।

पेप्सिकोलास्थित एक घरबाट सो लागुऔषध बरामद गरी एक युवकलाई सोधपुछ गर्ने क्रममा इन्स्पेक्टर शाहीले नै सो लागुऔषध आफ्नो कारमा ल्याएर त्यहाँ छाडेको खुलेको थियो । इन्स्पेक्टर शाही नियमित त्यहाँ जाने र आफू पनि लागुऔषध सेवन गर्ने खुलेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७