कोरोना संक्रमणबाट पाटन अस्पतालमा एक जनाको मृत्यु


११ असार २०७७, बिहीबार
Patan Hospital

काठमाडौं, ११ असार । कोरोना भाइरस संक्रमणका कारण ललितपुरको पाटन अस्पतालमा एक जनाको मृत्यु भएको छ ।

पाटन अस्पतालमा उपचाररत ५० वर्षीय पुरुषको आज (बिहीबार) विहान ७ बजेतिर मृत्यु भएको हो । चितवन घर भई ललिपुरको महालक्ष्मी स्थानमा बस्दै आएका उनको पाँच महिना अगाडि मिर्गौला प्रत्यारोपण गरिएको थियो ।

उनलाई कोरोना संक्रमण पुष्टि भएपछि पाटन अस्पतालको आइसोलेसन सेन्टरमा उपचार हुँदै आएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७