आफ्ना २० सैनिक मारिएको गलवान उपत्यकामा भारतले उडायो युद्धक विमान


११ असार २०७७, बिहीबार
a42f287714a27fc8a1367afb3734ffa9 w1000 h500 cp

काठमाडौं, ११ असार । भारत र चिनियाँ सेनाबीच झडप भएको क्षेत्र गलवान उपत्यकामा भारतीय युद्धक विमानहरु उडेको अल्जाजिराले जनाएको छ ।

लद्दाखको ले एयरबेसबाट बुधबार दोहोरिँदै गलवान उपत्यकामा भारतीय लडाकु विमानहरु उडेका थिए । स्थानीयका अनुसार बुधबार ले नजिकै दर्जनौं सैन्य सवारीहरु पनि देखिएका थिए । भारत र चीन दुवै देशले दाबी गर्दै आएको गलवानमा गत हप्ताको सोमबार झडप हुँदा २० भारतीय सेना मारिएका थिए ।

हालै भएको कमाण्डरस्तरको वार्तापछि हाल चीन र भारत आफ्ना सेना फर्काउन तयार भएका छन् । यसबीचमा गलवानमा भारतीय युद्धक विमानहरु उडाइएका हुन् । एएफपीका अनुसार उत्तरी क्षेत्रको कमान्ड सम्हालिरहेका एक भारतीय सैन्य अधिकारीले विवादित क्षेत्रमा भारतीय सेनाको राम्रो उपस्थिति भएको बताएका छन् ।

मंगलबार र बुधबार भारतीय सेना प्रमुख मनोज मुकुन्द नरवाणे लद्दाख पुगेका थिए । उनले त्यहाँ चिनियाँ सेनासँग भिडन्तमा उत्रेका घाइते सेनाहरु भेटेका थिए ।

हिन्दुस्तान टाइम्सका अनुसार नरवाणेले भारतीय सेनाले उक्त क्षेत्रमा गरिरहेको लडाइको तयारीबारे जानकारी लिएका थिए । केही समय अगाडि सिमानामा खटेका भारतीय सेनालाई अवस्था हेरी हतियार चलाउने या नचलाउने बारे आत्मनिर्णयको छुट प्रदान गरिएको भनेर समाचार पनि आएको थियो ।

हालै विवादित हिमाली क्षेत्रबाट सेनाहरु फर्काउने सहमति त भएको छ तर पछिल्लो घटनाक्रमले विवाद फेरि बल्झिने अनुमान गरिएको छ । हिजो बुधबार चीनको रक्षामन्त्रालयले फेरि एकपटक लद्दाख क्षेत्रमा भएको झडपमा भारत पूर्ण जिम्मेवार भएको बताएको थियो । भारतले भने चीनकै कारण झडप भएको बताउँदै आएको छ । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७