मूत्रनलीमा अड्किएको जटिल पत्थरीको सफल शल्यक्रिया


११ असार २०७७, बिहीबार
operation

धनगढी, ११ असार । धनगढीको कैलाली अस्पतालले पहिलो पटक मूत्रनलीमा अड्किएको जटिल पत्थरीको सफल शल्यक्रिया गरेको छ ।

अस्पतालले कञ्चनपुरका २९ महिने बालकको मूत्रनलीमा अड्किएको ७ दशमलव ८ एमएमको पत्थरीको सफल शल्यक्रिया गरिएको जनाएको छ ।

अस्पतालका डा. आनन्द पाठक र अरुण पाण्डेको समूहले दूरबिन प्रविधिबाट विनाचिरफार जटिल पत्थरीको शल्यक्रिया गरेको कैलाली अस्पतालका सञ्चालक जनकराज जोशीले जानकारी दिए ।

धनगढीमै मूत्रनलीको जटिल पत्थरीको शल्यक्रिया भएपछि बालकका अभिभावकले खुशी व्यक्त गरेको अस्पताल प्रशासनले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७