दुई बालिकालाई करणी गर्ने दुई जना पक्राउ


११ असार २०७७, बिहीबार
Rape for nayapage

भक्तपुर, ११ असार । दुई बालिकालाई बलात्कार गरेको आरोपमा भक्तपुर प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

१३ र १४ वर्षीया दुई बालिकालाई बलात्कार गरेको आरोपमा भक्तपुर प्रहरीले काभ्रेको भुम्लु गाउँपालिका– १ बस्ने २१ वर्षे सोमराज परियारलाई पक्राउ गरेको हो ।

उनले १४ वर्षीय बालिकालाई ललाइफकाई आर्थिक प्रलोभनमा पारी ४ असारको दिउँसो मध्यपुरथिमि नगरपालिका– ९, नीलबाराही जंगलमा लगेर जबरजस्ती करणी गरेको महानगरीय प्रहरी परिसर भक्तपुरका डिएसपी दीपक गिरीले बताए ।

५ असारमा पक्राउ परेका उनलाई भक्तपुर अदालतबाट १० दिनको म्याद थप गरी अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

यस्तै १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा रुकुमको भुमे गाउँपालिका– ९ का ३५ वर्षीय जबर खड्का पक्राउ परेका छन् । उनले ३१ जेठको दिउँसो १३ वर्षीया बालिकालाई चाँगुनारायण नगरपालिका– १ मा रहेको आफ्नो कोठामा लगी ललाइफकाई करणी गरेको उनकी हजुरआमाले किटानी जाहेरी दिएकी थिइन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७