आज थप ४३४ जनामा कोरोना संक्रमण, संक्रमितकाे संख्या ११ हजार नाघ्यो


११ असार २०७७, बिहीबार
korona 5

काठमाडौं, ११ असार । नेपालमा आज (बिहीबार) थप ४३४ जनामा कोरोना संक्रमण भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अहिलेसम्म संक्रमितको संख्या ११ हजार १६२ पुगेको छ ।

बिहीबार ३१२ जना डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेको कुल संख्या २ हजार ६ सय ५० पुगेको प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । जसमा १९ महिला र २९३ पुरुष रहेका छन् ।

हालसम्म देशभरका २२ प्रयोगशालाबाट पीसीआर परीक्षण भइरहेको छ । पछिल्लो २४ घण्टामा ६ हजार ५४३ जनाको पीसीआर परीक्षण गरिएको छ । देशभरका विभिन्‍न क्‍वारेन्टिनमा ७४ हजार २२ मानिसहरु रहेका छन् भने आइसोलसनमा ८ हजार ४८६ कोरोना संक्रमितहरु रहेका छन् ।  रसुवा बाहेक ७६ जिल्लामा कोरोना संक्रमण फैलिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७