विप्लव समूहका सुनसरी जिल्ला इञ्चार्ज पेस्तोलसहित पक्राउ


११ असार २०७७, बिहीबार
pestol

सुनसरी, ११ असार । प्रतिबन्धित नेकपा विप्लव समूहको सुनसरी जिल्ला इञ्चार्ज धरानबाट हतियारसहित पक्राउ परेका छन् ।

धनकुटाको शहिदभुमी गाउँपालिका–६ घर भएका २७ बर्षीय रोशन राईलाई बुधबार राति धरान १५ बाट प्रहरीले पक्राउ गरेको हो । इलाका प्रहरी कार्याल धरानका डिएसपी ज्ञानेन्द्र बस्नेतका अनुसार उनलाई बिशेष सूचनाको आधारमा १ नम्बर प्रदेश क्षेत्रीय अनुसन्धान समुह र इलाका प्रहरी कार्यालय धरानको टोलीले पक्राउ गरेको हो । पक्राउ परेका राई नेकपा विप्लव समूहको जिल्ला इञ्चार्जको जिम्मेवारीमा भएको पनि डिएसपी बस्नेतले बताए ।

बुधबार पक्राउ परेका राईलाई आज (बिहिबार) बिहान सोधपुछ गर्ने क्रममा उनको मोटरसाइकलको सिटमुनी प्लाष्टिकभित्र लुकाएको अवस्थामा हतियार र गोली समेत वरामद भएको प्रहरीले जनाएको छ ।

मोटरसाइकलको सिटमुनि मेडि इन युएसए अटोमेटिक पेस्तोल लेखिएको एक थान वरामद भएको छ भने एक थान म्याग्जीन र त्यसमा लोड भएको ३ राउण्ड गोली पनि वरामद भएको छ ।

साथै, २ थान मोवाइल र ६ थान सिम पनि वरामद भएको प्रहरीले जनाएको छ । पक्राउ परेका राईलाई हातहतियार खरखजना मुद्दामा अनुसन्धानका लागि म्याद थप भई अनुसन्धान जारी रहेको डिएसपी बस्नेतले जानकारी दिएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७