काठमाडौं उपत्यकाका ९ जनामा कोरोना संक्रमण, दिनहुँ बढ्दै जोखिम


११ असार २०७७, बिहीबार
korona 1 1 1536x1024 1

काठमाडौं, ११ असार । काठमाडौं उपत्यकामा नौं जनामा आज (बिहीबार) कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं र भक्तपुर जिल्लामा ४–४ जना र ललितपुरमा एक जनामा कोरोना संक्रमण देखिएको हो ।

काठमाडौंमा दुई महिला, दुई पुरुष, भक्तपुरमा एक महिला, तीन पुरुष र ललितपुरमा एक जना पुरुषमा संक्रमण देखिएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

लकडाउन खुकुलो भएसँगै काठमाडौंमा संक्रमितको संख्या दिनहुँ बढ्न थालेको छ । उपत्यकाबाट भित्रिनेहरुको संख्या दिनहुँ बढ्न थालेपछि उपत्यकामा संक्रमणको थप खतरा बढ्दै गएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७