२४ घण्टाभित्रै दुई कोरोना संक्रमितको मृत्यु, नेपालमा मृत्तकको संख्या २६ पुग्यो


११ असार २०७७, बिहीबार
korona 1

काठमाडौं, ११ असार । नेपालमा पछिल्लो २४ घण्टाभित्रै दुई जना कोरोना संक्रमित व्यक्तिको निधन भएको छ ।

जनसंख्या मन्त्रालयको आज (बिहीबार) को नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा पोखरामा एक र ललितपुरमा एक गरी दुई जनाको कोरोना संक्रमणका कारण ज्यान गएको पुष्टि गरेका छन् । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २६ पुगेको छ ।

गए राति पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा स्याङ्जाको आँधीखोला गाउँपालिका, सिरुवारीका ५५ वर्षीय पुरुष निधन भएको थियो । उनको बिहीबार शव समेत व्यवस्थापन गरिसकिएको छ ।

त्यस्तै बिहीबार दिउँसो पाटन अस्पतालमा उपचाररत् चितवन रत्ननगर स्थायी घर भई हाल ललितपुरको महालक्ष्मीस्थान नगरपालिकाको टिकाथली बस्ने ५० वर्षीय पुरुषको निधन भएको हो । उनको अहिले शव व्यवस्थापनको तयारी भइरहेको प्रवक्ता गौतमले जनाकारी दिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७