कोरोना संक्रमित युवतीले ‘आइसोलेसन’ मै जन्माइन् शिशु


११ असार २०७७, बिहीबार
dhaulagiri hospital

बागलुङ, ११ असार । एक कोरोना संक्रमित युवतीले बागलुङस्थित धौलागिरी अस्पतालको ‘आइसोलेसन’ कक्षमा शिशु जन्माएकी छिन् ।

ढोरपाटन नगरपालिका–८ की १९ वर्षीया युवतीले बिहीबार आइसोलेसनमा छोरा जन्माएको धौलागिरी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट शैलेन्द्रबी पोखरेलले जानकारी दिए ।

अहिले आमा र बच्चाको अवस्था सामान्य रहेको डा. पोखरेलको भनाइ छ । ती युवतीलाई कोरोना संक्रमण पुष्टि भएपछि यही असार ७ गते अस्पतालमा ल्याइएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७