तान्जानियामा सामान्य परिवारका सानिनिउ लाइजर रातारात बने करोडपति


११ असार २०७७, बिहीबार
f1680875dd9bf9a174c45d1370d676d7 w1000 h500 cp

काठमाडौं, ११ असार । तान्जानियाका सामान्य परिवारका एक व्यक्ति रातारात करोडपति बनेका छन् ।

उनले बहुमूल्य पत्थर भेटेपछि रातारात करोडपति बन्ने सौभाग्य पाएका हुन् । तान्जानाइट नामक बहुमूल्य दुईवटा पत्थर फेला पारेपछि तान्जानियाका एक सामान्य नागरिक सानिनिउ लाइजर रातारात करोडपति बनेको बीबीसीले जनाएको छ ।

यो हाल फेला परेको अहिलेसम्मकै सर्वाधिक ठूलो तान्जानाइट भएको बताइएको छ । कुल १५ किलो तौल भएका दुई वटा पत्थर फेला पारेका सानिनिउ लाइजरले खानी मन्त्रालयबाट ४१ करोड नेपाली रुपैयाँ बराबरको रकम प्राप्त गरेको बताइएको छ ।

लाइजरले करोडौं प्राप्त गरेपछि भोज खुवाउने बताएका छन् । उनले गरीब परिवारका लागि विद्यालय खोल्ने इच्छा भएको समेत बताएका छन् । तान्जानाइट पत्थर उत्तरी तान्जानियामा मात्रै पाइन्छ र यो गहना बनाउन प्रयोग हुन्छ । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७