गण्डकी प्रदेशमा विहानै थप २५ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ७९२ पुग्यो


१२ असार २०७७, शुक्रबार
gandaki 1

पोखरा, १२ असार । गण्डकी प्रदेशमा आज (शुक्रबार) बिहानै थप २५ जनामा कोरोना संक्रमण फेला परेको छ । योसँगै गण्डकीमा संक्रमितको संख्या ७९२ पुगेको छ ।

प्रदेश क्षयरोग केन्द्र पोखरा र भरतपुर अस्पताल, चितवनमा गरिएको परीक्षणमा गण्डकी प्रदेशमा थप २५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय पोखराका निर्देशक डा.विनोद विन्दु शर्माले जानकारी दिए ।

नयाँ थपिएका संक्रमित तनहुँ, स्याङ्जा, बाग्लुङ र नवलपरासी पूर्वका छन् । आज थप भएका संक्रमितमा दुई महिला छन् ।

हेर्नुस् प्रेस विज्ञप्ति

105558892 614538675856482 7316727085827239005 n

यस्तै गण्डकी प्रदेशबाट शुक्रबार थप नौ जना कोरोनालाई जितेर घर फर्किएका छन् । कोरोनालाई जित्ने नौ जना सबै गोरखा जिल्लाका छन् । योसँगै गण्डकी प्रदेशमा कोरोना निको हुनेको संख्या १०१ पुगेको छ ।

गोरखा नगरपालिकाका एक महिला र तीन पुरुष र गण्डकी गाउँपालिकाका पाँच पुरुष कोरोना जितेर घर फर्किएका डा.शर्माले शुक्रबार बिहान जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

g 5

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७