महिला विश्वकप फुटबल २०२३ अष्ट्रेलिया र न्यूजिल्याण्ड हुने


१२ असार २०७७, शुक्रबार
113100959 gettyimages 1177343608

काठमाडौं, १२ असार । सन् २०२३ को महिला फुटबल विश्वकप अष्ट्रेलिया र न्यूजिल्याण्डमा हुने भएको छ ।

संयुक्त रुपमा दाबेदारी पेस गरेका अष्ट्रेलिया र न्यूजिल्याण्डलाई तीन वर्षपछि हुने महिला विश्वकप आयोजनाको जिम्मेवारी दिएको घोषणा फिफाले गरेको छ ।

प्रतियोगिता आयोजनाका लागि कोलम्बिया, ब्राजिल र जापानले पनि दाबेदारी प्रस्तुत गरेका थिए । तर यो महिनाको अन्तिममा ब्राजिल र जापानले दाबेदारि फिर्ता लिएपछि आयोजनाको दौडमा कोलम्बिया बाँकी थियो ।

सन् २०२३ को महिला विश्वकपमा पहिलो पटक ३२ राष्ट्रले सहभागिता जनाउँदै छन् । यसअघि महिला विश्वकपमा २४ राष्ट्रको मात्र सहभागिता रहँदै आएको छ । महिला विश्वकप सन् २०२३ को जुलाईदेखि अगष्टसम्म हुनेछ ।

फिफा परिषद्का सदस्यको ३५ मतमा २२ मत अष्ट्रेलिया र न्युजिल्याण्डको पक्षमा परेको थियो । कोलम्बियाले १३ भोट पाएको थियो । प्रतियोगिताका खेलहरु अष्ट्रेलियाका आठ र न्यूजिल्याण्डका पाँच मैदानमा खेलाइन ेछ । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७