नेकपा स्थायी कमिटी बैठक : ओली अनुपस्थित, प्रचण्डलाई बैठक सञ्चालनको जिम्मा


१२ असार २०७७, शुक्रबार
nekapa 2 scaled

काठमाडौं, १२ असार । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी कमिटीको दोस्रो दिनको वैठकमा प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओली अनुपस्थित भएका छन् ।

बैठक सञ्चालनको जिम्मा कार्यकारी अध्यक्ष प्रचण्ड र महासचिव विष्णु पौडेललाई सुम्पेर अध्यक्ष केपी शर्मा ओली बालुवाटारमै अन्य काममा व्यस्त रहेको स्रोतले जानकारी दिएको छ ।

नेताहरुले बैठकका एजेण्डामा केन्द्रित रहेर धारणा राख्ने क्रम शुरु भएको छ । बैठकको पहिलो दिन नै प्रधानमन्त्रीले आफ्ना धारणा राखेर सदस्यहरुलाई कार्यसूचीमा केन्द्रित भई कुरा राख्न भनिसकेको र उनीहरुले राखेका धारणा प्रधानमन्त्रीसम्म आइपुग्ने भएकाले अन्य काममा व्यस्त भएको ओली निकट स्रोतको भनाई छ ।

दुई अध्यक्षबीचको सल्लाह अनुसार नै बैठकको अध्यक्षता प्रचण्डले गर्ने र महासचिव पौडेलले बैठक सञ्चालन गर्ने तय भएको नेकपा स्रोत बताउँछ । प्रधानमन्त्री ओली यसअघि पुसमा बसेको धुम्बाराहीको स्थायी कमिटी बैठकमा पनि अनुपस्थित भएका थिए ।

अधिकांश एजेण्डा प्रधानमन्त्री ओलीसँग सम्बन्धित भए पनि सदस्यहरुका धारणा सुन्ने बैठकमा अनुपस्थित भएका हुन् । बैठकमा आलोचना हुन सक्ने बुझेर प्रधामनन्त्री वैठकमा अनुपस्थित भएको हुनसक्ने अर्को पक्षको आरोप छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७