खनाल र नेम्वाङ इलामबाट सर्वसम्मत


२१ आश्विन २०७४, शनिबार

इलाम : प्रतिनिधिसभा निर्वाचनका लागि नेकपा (एमाले) इलामले पार्टीका वरिष्ठ नेता झलनाथ खनाल र पूर्वसभामुख सुवास नेम्वाङलाई सर्वसम्मत रूपमा सिफारिस गरेको छ ।

Jhalanath Khanal Subash nemwang

जिल्ला कमिटीले खनाललाई इलाम क्षेत्र नं १ र नेम्वाङलाई २ बाट सिफारिस गरेको हो ।

“खनाल र नेम्वाङ दुवै राष्ट्रिय राजनीतिमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने व्यक्ति भएकाले बैठकले सर्वसम्मत रूपमा उहाँहरूको नाम उम्मेदवारका लागि सिफारिस गर्ने निर्णय गरेको हो”, एमाले जिल्ला कमिटी अध्यक्ष राम रानाले भन्नुभयो ।

पूर्वप्रधानमन्त्री खनाल अहिले इलाम क्षेत्र नं १ र नेम्वाङ २ का सांसद हुन्।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७