प्रदेश–२ का दुई प्रहरी सहायक निरीक्षकसहित तीन जना निलम्बित


१२ असार २०७७, शुक्रबार
Nepal police

जनकपुर, १२ असार । प्रदेश–२ मा कार्यरत प्रहरी सहायक निरीक्षकसहित तीन जनालाई निलम्बित भएका छन् ।

प्रहरी आचरण विपरीत काम गरेको भन्दै दुई प्रहरी सहायक निरीक्षक र एक प्रहरी जवानलाई कारवाही स्वरुप निलम्बन गरिएको हो । भ्रष्टचारविरुद्धको शून्य सहनशिलता र आन्तरिक शुद्धिकरण गर्ने नीतिअनुरुप २ नम्बर प्रदेश प्रहरी कार्यालयले तीन जनालाई निलम्बन गरेको जनाएको छ ।

वित्तिय अपराध (हुण्डी) कारोबारमा संलग्न रहेका व्यक्तिको आर्थिक प्रलोभनमा परी सघाएको प्रमाणित भएपछि कारवाही गरिएको प्रदेश–२ का प्रहरी प्रमुख धिरजप्रताप सिंहले जानकारी दिए । उनीहरुलाई पटक–पटक सुध्र्रिने मौका दिए पनि आचरणमा सुधार नल्याएपछि कार्वाही गनुपरेको सिंहले बताएका छन् ।

हुण्डी कारोबारीलाई सहयोग गरेको प्रमाणित भएपछि ईलाका प्रहरी कार्यालय पिपरा रजवाडा रौतहट दरबन्दी भई प्रहरी चौकी औरैया रौतहटमा कार्यरत प्रहरी सहायक निरीक्षक ललित साह र प्रहरी जवान दिनेश हजारा निलम्बनमा परेका छन् ।

त्यस्तै, इलाका प्रहरी कार्यालय देवाही गोनाही रौतहटमा दरबन्दी भई प्रहरी चौकी ब्रम्हपुरी रौतहटमा कार्यरत प्रहरी सहायक निरीक्षक सञ्जिवकुमार झाले प्रहरी आचरणविरुद्ध काम गरेको र पटक–पटक सुध्रिने मौका दिँदा पनि आचरणमा सुधार नल्याएको भन्दै निलम्बन गरिएको प्रहरी प्रमुख सिंहले बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७