आज थप ५९३ जनामा कोरोना संक्रमण, नेपालमा संक्रमितको संख्या ११ हजार ७५५ पुग्यो


१२ असार २०७७, शुक्रबार
korona 5

काठमाडौं, १२ असार । नेपालमा कोरोना भाइरस संक्रमिततको संख्या ११ हजार ७५५ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार आज (शुक्रबार) ५९३ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ११ हजार ७५५ पुगेको हो ।

अहिलेसम्म पीसीआर विधिबाट दुई लाख ६ हजार दुई सय ७१ र आरडीटी विधिबाट दुई लाख ९० हजार तीन सय ४९ जनाको नमूना परीक्षण गरिएको मन्त्रालयले जानकाी दिएको छ ।

अहिलेसम्म क्वारेन्टाइन ७१ हजार १२ छन् भने आइसोलेसन ९ हजारको आइसोलेसनमा उपचार भइराखेको छ । शुक्रबार मात्र ४० पुरुष र आठ महिला गरेर ४८ जना डिस्चार्ज भएका छन् । कोरोना जित्नेको संख्या भने जम्मा दुई हजार ६९८ पुगेको छ ।

नेपालमा अहिलेसम्म २ लाख ९० हजार ३४९ जनाको पीसीआर परीक्षण गरिएको छ । शुक्रबार स्वस्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रडा जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा ६ हजार ५३६ जनाको आरटीपीसीआर परीक्षण गरिएको बताए । योसँगै नेपालमा २ लाख ९० हजार ३४९ पीसीआर परीक्षण गरिएको प्रवक्ता गौतमले बताएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७