नेकपाको स्थायी कमिटीमा १८ जनाले राखे धारणा, बैठकमा के–के भयो ? {भिडियो}


१२ असार २०७७, शुक्रबार
yogesh bhattrai

काठमाडौं, १२ असार । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का स्थायी कमिटी सदस्यहरुले नेपालको अतिक्रमित भूमि फिर्ता ल्याउन सरकारले गरेको पहलको प्रशंसा गर्दै नेताहरुले कूटनीतिक सम्वादमा जोड दिएका छन् ।

प्रधानमन्त्री निबास बालुवाटारमा शुक्रबार बसेको स्थायी कमिटी बैठकमा धारणा राख्ने सदस्यहरुले छिमेकी भारतसँग प्रभावकारी रुपमा कुटनीतिक ढंगले वार्ता गरेर अतिक्रमित भूमि फिर्ता ल्याउनुपर्नेमा जोड दिएका हुन् । सदस्यहरुले लिपुलेक, कालापानी, लिम्पीयाधुरा लगाएत बिभिन्न स्थानमा रहेका सीमा समस्याहरु पनि एकमुष्ट रुपमा समाधान गर्नुपर्ने बताएका थिए ।

सवैदलहरु राष्ट्रिय सहमति कायम गरि नेपालको नक्सामा अतिक्रमित भूमि समावेश गर्न सरकार सफल भएको र अव अन्य बिषयमा मित्रराष्ट्रदेशसंग प्रभावकारी ढंगले छलफल गर्नुपर्ने धारणा नेताहरुले राखेको स्थायी समिति सदस्य योगेश भट्टराईले जानकारी दिनुभयो । डुबान र सीमा क्षेत्रमा हुने आपराधिक गतिविधि नियन्त्रणका लागि भारतसँग सरकारले प्रभावकारी वार्ता गर्नुपर्ने सुझाव दिएको भट्टराईले बताए ।

बैठकमा परराष्ट्रमन्त्री रहेका स्थायी कमिटी सदस्य प्रदीप ज्ञवालीले भारतलाई सीमा वार्ताबारे पटकपटक आह्वान गरे वार्ता गर्न इच्छुक नदेखिएको बताए । भारत वार्तामा बस्न तयार हुने र कूटनीतिक सम्वादमार्फत नै समस्या समाधान हुने विश्वास सरकारले लिएको उनको भनाई थियो । भारतसँग सीमा समस्या समाधानका लागि वार्ताको पहल गरिरहेको जानकारी बैठकमा दिनुभएको स्थायी समिति सदस्य भट्टराईले जानकारी दिए ।

शुक्रबारको बैठकमा प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओली भने अनुपस्थित थिए । कार्यव्यस्तताका कारण अनुपस्थित भएको र बैठकमा भएका छलफल प्रधानमन्त्रीलाई जानकारी गराउने व्यवस्था गरिएको भट्टराईले बताए ।


शुक्रबारको बैठकमा १८ जना स्थायी कमिटी सदस्यहरुले धारणा राखेका थिए । स्थायी कमिटीको बैठक अब शनिबार ११ बजे बस्नेछ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७