क्वारेन्टाइनहरु महिलामैत्री बनाउन सरकारलाई निर्देशन {भिडियो}


१२ असार २०७७, शुक्रबार
mahila samiti

काठमाडौं, १२ असार । प्रतिनिधिसभा अन्तर्गतको महिला तथा सामाजिक समितिले क्वारेन्टाइनहरुलाई सुरक्षित र व्यवस्थित तथा महिलामैत्री बनाउन सरकारलाई निर्देशन दिएको छ ।

सिंहदरबारमा शुक्रबार बसेको समिति बैठकले क्वारेन्टाइनहरुमा महिला हिंसाका घटनाहरु बढिरहेकोले व्यवस्थित र मर्यादित बसाईको व्यवस्था गर्न महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयलाई निर्देशन दिएको हो ।

क्वारेन्टाइनहरु पूर्ण रुपमा महिला मैत्रि नभएकाले यौंन हिंसाका घटनाहरु बढेकोले मर्यादित र सुरक्षित क्वारेन्टिनको व्यवस्थापन गर्न मन्त्रालयलाई निर्देशन दिइएको समिति सभापति निरुदेवी पालले जानकारी दिइन ।

बैठकले आफ्नो कार्यक्षेत्र सम्बन्धमा संकट व्यवस्थापन रणनीति यथासिघ्र बनाइ समसापेक्ष कार्यान्वयनमा ल्याउन पनि मन्त्रालयलाई निर्देशन दिएको सभापति पालले बताए । उनले महिला मन्त्रालयले आफ्नो कार्यक्षेत्रभित्र सम्पादन गरेको कार्य सन्तोषजनक रहेको भन्दै आगामी दिनमा यसलाई प्रभावकारी रुपमा अघि बढाउन पनि निर्देशन दिए ।


बैठकमा महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री पार्वत गुरुङ बिभिन्न ऐनहरुले गर्दा सुधारका काम गर्न कठिनाइ भएको गुनासो गरे। राष्ट्रिय निर्देशक ऐन, राष्ट्रिय संघसंस्था दर्ता ऐन २०१८ , समाजकल्याण ऐन लगाएतले बनाएका निर्देशिका र मन्त्रीपरिषद्को पटक पटकको निर्णयले संघसंस्थाहरुको जग्गा दुरुपयोग भएको उनले बताए ।

बालसंगठनको अधिकार बोकेको राष्ट्रिय निर्देशक समिति समेत राज्यप्रति ज्म्मिेवार नभएको उहाको आरोप छ । उहाले मन्त्रालयले क्याबिनेटमाा पठाएका फाइलहरु समेत मुख्य सचिव र सचिवले फर्काइदिने गरेको बताए ।

बैठकमा सांसदहरुले क्वारेन्टाइनहरुमा महिलामाथि हिंसाका घटना बढिरहेको भन्दै यसमा सरकारको ध्यान जान नसकेको बताएका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७