नेपालीहरुलाई स्वदेश ल्याउने सरकारकाे कार्य जारी, बहराइनबाट फर्किए २ सय ६० जना {भिडियाे}


१२ असार २०७७, शुक्रबार
Airport Uddar.00 01 20 07.Still016

काठमाडौं, १२ असार ।  शुक्रबार पनि विभिन्न देशमा रहेका नेपाली ल्याइएको छ ।  शनिबार दमाम, रियाद, याङ्गुन, बहराइन, क्वालालम्पुर, दुबई, मेलबर्न र हङकङमा चार्टर्ड मार्फत नेपाली ल्याएको हो ।

शुक्रबार बिहानै बहराइनबाट नेपाल एयरलाइन्सको जहाजमार्फत २ सय ६० जना नेपाली स्वदेश फर्किएका थिए ।

त्यस्तै युएईबाट हिमालय एयरलाइन्स, नेपाल एअरलाईन्सको जहाज, कुवेतबाट जजिरा एअरलाइन्स, मलेसियाबाट हिमालय एयरलाइन्स, युएईबाट एअर अरेबियामार्फत र मलेसियाबाट नेपाल एयरलाइन्समार्फत नेपालीहरुलाई ल्याइएको नेपाली सेनाले जनाएको छ ।

विश्वभर कोरोनाको प्रकोप बढेसँगै विभिन्न देशमा समस्यामा परेको नेपालीहरुलाई स्वदेश फर्काउन सरकारले उद्धार प्रयास जारी राखेको छ । यसअघि बिहीबार मात्रै विभिन्न देशबाट ७ वटा चार्टर्ड विमानमार्फत ११ सय ८३ जना स्वदेश फर्किएका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७