गण्डकीमा विहानै थप ३२ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ८३८ पुग्यो


१३ असार २०७७, शनिबार
pokhara

पोखरा, १३ असार । गण्डकी प्रदेशमा आज (शनिबार) विहानै थप ३२ जना नयाँ कोरोना भाइरस संक्रमित थपिएका छन् ।

प्रदेश क्षयरोग केन्द्र, पोखरा, राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान, दाङ र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौँ गरिएको परिक्षणमा थप ३२ जनामा संक्रमण पुष्टि भएको गण्डकी प्रदेशका स्वास्थ्य निर्देशक डा.विनोद बिन्दु शर्माले जानकारी दिए ।

नयाँ संक्रमित स्याङ्जा, बागलुङ र नवलपरासी पूर्वका छन् । जसमा ६ जना महिला छन् भने बाँकी सबै पुरुष हुन् । हुप्सेकोट गाउँपालिका र वालिङ नगरपालिकाका संक्रमित आईसोलेसनमा बसिसकेका छन् ।

बाँकी सबै संक्रमितलाई सम्बन्धित जिल्लाका आईसोलेसन कक्षमा लैजाने तयारी भइरहेको छ । योसँगै गण्डकी प्रदेशमा संक्रमितको संख्या ८३८ पुगेको प्रदेश स्वास्थ्य निर्देशनालय, पोखराले जानकारी गराएको छ ।

हेर्नुस प्रेस विज्ञप्ति

g

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७