नेकपा स्थायी कमिटी बैठक : आजको एजेण्डा पनि नेपाल-भारत सीमा समस्या


१३ असार २०७७, शनिबार
nekapa 2 scaled

काठमाडौं, १३ असार । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठकको तेस्रो दिन आज (शनिबार) को एजेण्डा पनि नेपाल–भारत सीमा समस्याकै विषय रहेको छ ।

शनिबारको बैठकमा पनि नेपाल–भारत सीमा समस्याका विषयमा बाँकी नेताहरूले आफ्नो धारण राख्ने रहेको एक नेताले जानकारी दिएका छन् ।

बैठक बस्नका लागि अहिले प्रधानमन्त्री निवास बालुवाटारमा सबै नेता उपस्थित भए पनि प्रधानमन्त्री ओली आइनपुगेको एक नेताले बताए । उनले प्रधानमन्त्री नआए पनि छलफल जारी रहने जानकारी दिए ।

‘बैठकका लागि सबै नेताहरु बालुवाटार आइपुग्नु भएको छ तर प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली भने अहिलेसम्म आइपुग्नु भएको छैन’, उनले भने, ‘प्रधानमन्त्री नआए पनि छलफल भने रोकिँदैन ।’

शुक्रबारको बैठकमा प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली अनुपस्थित भएपछि नेताहरुको बोल्ने क्रम परिमार्जन गरिएको थियो । सचिवालयका सदस्यहरुले बोल्ने क्रमको सट्टामा स्थायी समितिका अन्य नेताहरुले आफ्नो धारणा राखेका थिए ।

नेपाल भारत सीमासम्बन्धी परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले नेपाल–भारत सीमा समस्या र त्यसको समधानका लागि सरकारको प्रयासका बारेमा जानकारी गराएका थिए । शुक्रबार उो विषयमा १८ जना नेताले बोलेका थिए भने बाँकीले आज बोल्ने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७