रेडमी नोट ९ नेपालमा, यस्ता छन् विशेषता


१३ असार २०७७, शनिबार
Redmi Note 9 TDk078317h

काठमाडौं,१२ असार । शाओमी ग्लोबल टेक्नोलोजी लिडरले नेपालमा रेडमी नोट ९ सार्वजनिक गरेको छ । यो नोट ९ सिरिजमा सार्वजनिक गरिएको मध्ये दोस्रो फोन हो । हालै सार्वजनिक भएको रेडमी नोट ९ प्रो का साथ नयाँ रेडमी नोट स्मार्टफोन लाइनअपले कुनै फ्ल्यागसीप मुल्य बिन्दु बिना अत्याधुनिक डिजाइन र नविनता जारी राख्दछ ।


शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर सौरभ कोठारीले नोट ९ सिरिजमा अर्को स्मार्टफोन नेपालमा सार्वजनिक गर्न पाउँदा निकै उत्साहित भएको बताए । ५०२० एमएएच ब्याट्री, ४८ एमपी क्यामेरा र मिडियाटेक हेलियो जी८५ प्रोसेसर जस्ता विशेषताका साथ रेडमी नोट ९ हाम्रो रेडमी नोट लाइनमा एक उल्लेखनिय अनुवृद्धि हो र मी फ्यानहरुले यो उत्पादन मन पराउनेछन् भन्ने आशा राखेको उनले बताए ।

रेडमी नोट ९-४८ एमपी क्वाड क्यामेरा हटशट
४८ एमपी क्वाड क्यामेराको साथ फोटोग्राफी र भिडियोग्राफी
रेडमी नोट ९ ले ४८ एमपी मुख्य क्यामेरा र ८ एमपी अल्ट्रा वाइड—एंगल लेन्सका साथ फोटोग्राफीलाई अगाडि ल्याउछ । यसको २एमपी म्याक्रो लेन्स र २ एमपी डेप्थ सेन्सर पूर्ण क्वाड क्यामेरा सेटअपले सबै एंगलबाट शुन्दर तस्वीरहरु खिच्दछ । अधिकतम फ्रन्ट स्क्रिन डिस्प्ले आकारका लागि डिस्प्लेमा १३एमपी क्यामेरा छ ।


रेडमी नोट ९ को सिनेमेटिक पोट्रेट र भिडियो मोडले प्रयोगकर्तालाई फिल्महरुमा सामान्यतय प्रयोग गरिने समान ढाँचाको २.३९ः१ एसपेक्ट रेसियोको फोटो वा भिडियो खिचेर निर्देशकमा परिणत गर्दछ । यसका साथै, विभिन्न ६ क्यालिडोस्कोप अप्सनका साथ सबैले छिट्टै शुट गर्न, एकै पलमा आकर्षक भिडियो खिच्न सक्छन् र नयाँ डकोमेन्ट मोडले स्मार्टफोनलाई पकेट साइजको स्क्यानरमा रुपान्तरण गर्दछ ।

लामो समयसम्म टिक्ने ब्याट्री, फास्ट चार्ज
ठुलो ५०२० एमएएच ब्याट्रीका साथ प्याकिंग गरिएको रेडमी नोट ९ ले अर्को दिनसम्मका लागि पुग्ने पर्याप्त पावर राख्छ । यो उपकरण बक्समा २२।५ वाट्ट फास्ट चार्जरका साथ आउँछ जुन अन-द-गो प्रयोगकर्ताहरुका लागि आदर्श साथी बन्छ ।

शक्तिशाली एसओसीएसका साथ यस्तो छ प्रदर्शन
हुड अन्तर्गत, रेडमी नोट ९ मा मिडियाटेक हेलियो जी८५ प्रोसेसर रहेको छ जसले यसलाई नयाँ चिपसेट फिचर गर्ने विश्वकै पहिलो स्मार्टफोन बनाउँछ । यसमा लगभग १०००एमएचजेड र लगभग २५ एफपीएस जसले अल्ट्रा स्मुद डे-टु-डे पर्फमेन्स प्रदान गर्दछ ।

फ्ल्यागसीप लेबल डट डिस्प्ले
रेडमी नोट ९ फ्रन्टमा कर्निङ्ग गोरिला ग्लास ५ ले सुरक्षित गरिएको इमर्सिभ ६.५३ इन्च डट डिस्प्लेका साथ नयाँ लुकमा आकर्षक देखिएको छ । यसमा ३।५एमएम हेडफोन ज्याक, आईआर ब्लास्टर जस्ता फ्यानहरुको लोकप्रिय अन्य विशेषताहरुको एर्रे समावेश रहेको छ । यो लामो समयसम्म आखाँको आरामका लागि बिलम कम ब्लु लाईट सटिफिकेशन, दुर्घटनावस गिरावटका लागि स्प्लेस प्रुफ न्यानो कोटिंगका साथ आउँछ ।

रेडमी नोट ९ प्रयोगकर्ताले कुनै पनि स्टाइललाई मिल्ने दुई मोहक कलर —मिडनाइट ग्रे र फरेस्ट ग्रीन छनौट गर्न सक्छन् ।

मुल्य र उपलब्धता
रेडमी नोट ९ रु २२,९९९ मुल्यमा १८०० भन्दा बढि मी प्रिफर्ड पार्टनरहरु, मी अफलाइन स्टोर, रिटेल पार्टनर र अनलाईन पार्टनर डराज र सस्तोडिलमा छिट्टै उपलब्ध हुनेछ । यो ४जीबीं१२८जीबी भेरियन्टमा दुई कलर-मिडनाइट ग्रे र फरेस्ट ग्रीनमा उपलब्ध हुनेछ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७