प्रदेश-२ मा थप ३३ जनामा कोरोना संक्रमण


१३ असार २०७७, शनिबार
korona 1

वीरगञ्ज, १३ असार । प्रदेश–२ मा आज (शनिबार) थप ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

आज थपिएका ३३ मध्ये महोत्तरीका ३० जना र धनुषाका तीन जना रहेका छन् । नारायणी अस्पतालको पीसीआर ल्याबमा गरिएको परीक्षणका क्रममा दुई जनामा संक्रमण देखिएको थियो । प्रादेशिक जनस्वास्थ्य प्रयोगशााला जनकपुरमा १४१ जनाको स्वाब परीक्षण गर्दा ३३ जनाको रिपोर्ट पोजेटिभ देखिएको छ ।

धनुषाको गणेशमान चारनाथ नगरपालिका वीरेन्द्र बजार दुखानीदेवी मावि क्वारेन्टिनमा ३ जनामा, महोत्तरीको सम्सी क्वारेन्टिनमा बस्दै आएका १० जना, औरहीस्थित राम विलास मावि क्वारेन्टिनमा बस्दै आएका १र१ वर्षका बालबालिकासहित १० जना र महोत्तरीकै लोहरपट्टीको भायरुखी उच्च मावि क्वारेन्टिनमा बस्दै आएका १० जनाको पीसीआर परीक्षण रिपोर्ट पोजेटिभ देखिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७