नेकपा स्थायी कमिटीको अर्को वैठक १६ गते, आज २१ नेताले राखे धारणा


१३ असार २०७७, शनिबार
nekapa 2 2

काठमाडौं, १३ असार । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी कमिटीको तेस्रो दिनको वैठक सकिएको छ ।

अब अर्को वैठक असार १६ गते बस्ने भएको छ । आइतबार मदन भण्डारी जयन्ती भएको हुँदा नेताहरू विभिन्न कार्यक्रममा सहभागी हुनुपर्ने र सोमबार असार १५ भएकोले बैठक १६ गते बालुवाटारमै बस्ने जानकारी प्रवक्ता नारायणकाजी श्रेष्ठले दिएका छन् ।

बुधबारबाट शुरु भएको बैठकको तेस्रो दिन पनि भारतसँगको सीमा विवादमै केन्द्रित भएर छलफल भएको थियो । बैठकमा २१ स्थायी कमिटी सदस्यले धारणा राखेको प्रवक्ता श्रेष्ठले जानकारी गराएका छन् ।

देवेन्द पौडेल, सुरेन्द्र पाण्डे, सुवास नेम्वाङ, जनादर्न शर्मा, गिरिराजमणि पोखरेल, रघुजी पन्त, टोपबहादुर रायमाझी, सत्यनारायण मण्डल, युवराज ज्ञवाली, नन्दकुमार प्रसाई, लेखराज भट्ट, प्रदीप ज्ञवाली, मणि थापा, शक्ति बस्नेत, बामदेव गौतम, घनश्याम भुसाल, योगेश भट्टराई, पृथ्वीसुब्बा गुरुङ्, ईश्वर पोखरेल, विष्णु पुकार श्रेष्ठ र पुष्प कँडेलले बोलेका छन् ।

बोल्ने सबै नेताहरुले नेपालको सम्पूर्ण भूभाग समेटिएको नक्सा प्रकाशित गर्ने र त्यसलाई संविधानको अनुसूचिमा समेत समावेश गर्ने काम गरेर ऐतिहासिक पहल गरिएको भन्दै सरकारको प्रशंसा गरेको प्रवक्ता श्रेष्ठले जानकारी दिए ।

अब राष्ट्रिय एकता कायम गरेर नै भारतले अतिक्रमण गरेको नेपाली भूमि फिर्ता ल्याउन सरकारले गम्भिर कदम चाल्नुपर्नेमा सबै नेताहरुले जोड दिएको प्रवक्ता श्रेष्ठले जानकारी गराएका छन् ।

शुक्रबारको बैठकमा परराष्ट्रमन्त्री एवं स्थायी कमिटी सदस्य प्रदीप ज्ञवालीले सीमा समस्या समाधानका लागि सरकारले गरिरहेको पहलबारे ब्रिफिङ गरेका थिए । नेपालले भारतसँग बारम्बार वार्ताका लागि प्रस्ताव गर्दा पनि भारत वार्ताका लागि सकारात्मक नदेखिएको मन्त्री ज्ञवालीले ब्रिफिङ गरेका थिए ।

तेस्रो दिन पनि प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली बैठकको शुरुमा उपस्थित भएर केहीबेरमै निस्किएका थिए । त्यसपछि अर्का अध्यक्ष पुष्पकमल दाहालले स्वास्थ्य समस्याका कारण प्रधानमन्त्री बैठकमा बस्न नसको जानकारी दिएका थिए ।

शुक्रबार प्रधानमन्त्री ओली बैठकमा उपस्थित भएका थिएनन् । बैठकलाई छल्न खोजेको भन्दै नेताहरुले प्रधानमन्त्रीको आलोचना समेत गरेका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७