रुपन्देहीमा पौडेल र भट्टराई सर्वसम्मत


२१ आश्विन २०७४, शनिबार

रुपन्देही : आगामी प्रतिनिधिसभा निर्वाचनका लागि नेकपा (एमाले) का उपमहासचिव विष्णु पौडेल रुपन्देहीको क्षेत्र नं. २ बाट सर्वसम्मत चयन भएका छन् । यसैगरी, क्षेत्र नं. ५ बाट केन्द्रीय सदस्य एवं अखिलका पूर्वअध्यक्ष खिमलाल भट्टराईको नाम पनि सर्वसम्मत सिफारिस भएको छ ।Bishnu Paudel leader uml

रुपन्देहीको १ र ३ नम्बर क्षेत्रमा भने सर्वसम्मत हुन नसकेपछि उम्मेदवार सिफारिस गरिएको छ । उपमहासचिव घनश्याम भुसाल, स्थायी समिति सदस्य छविलाल विश्वकर्मा, राधा ज्ञवाली र लीला गिरीको नाम क्षेत्र नं. १ बाट सिफारिस भएको छ । यसैगरी, क्षेत्र नं. ३ बाट उपमहासचिव भुसाल, पोलिटब्युरो सदस्य विजय पौडेल र पुष्पाञ्जली उपाध्यायको नाम सिफारिस भएको छ ।

रुपन्देहीको क्षेत्र नं. ४ मा भने माओवादी केन्द्रलाई छाड्नुपर्ने देखिएको हुँदा कसैको पनि नाम सिफारिस गरिएको छैन । एमाले केन्द्रीय सदस्य खिमलाल भट्टराईका अनुसार, सो क्षेत्रमा एमाले र माओवादी केन्द्रको सल्लाहमा उम्मेदवार चयन गरिने भएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७